२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धैबुङ्ग साना किसान ७ लाख नाफामा

२३ आश्विन २०७२, शनिबार १४:१८

rasuwa
news

असोज २३, रसुवा । आफ्नो स्थापनाको ४ वर्षमा धैबुङ्ग कालिका साना
किसान कृषि सहकारी संस्थाले ७ लाख नाफा कमाएको छ ।

शनिबार
कालिकास्थानमा सम्पन्न संस्थाको चौथो साधारण सभामा संस्थाले कुल १ करोड ६५ लाख १० हजार रुपैयाँ ऋण लगानी
गरेको , असुली १ करोड १० लाख ६३ हजार र लगानीमा रहि रहेको ऋण १ करोड ४८ लाख २३ हजार रुपैयाँ रहेको
संस्था प्रबन्धक पूर्ण न्यौपानेले बताए ।

संस्थाले कुल
आम्दानीका २२ लाख १ सय १६ रुपैयाँ आम्दानी गरी १४लाख ६६ हजार १ सय ३२ रुपैयाँ खर्च गरेको छ । यस वर्ष ७
लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नाफा कमाएको छ । बचततर्फ ३८ लाख ८९ हजार ८ सय संकलन गरी १७ लाख ७६ हजार ७
सय ८७ रुपैयाँ फिर्ता समेत गरेको छ ।

rasuwa news 2

संस्थाका कुल ७ सय ५२ सेयर सदस्य छन् । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पौडेलले ९ लाख १९
हजार नाफा कमाउने लक्ष लिएको बताए । कुल सेयर पुजी २५ लाख ९७ हजार र बचत ३७ लाख ५० हजार रुपैयाँ रहेको छ
भने संस्थाले सेयर सदस्यहरुलाई ७ प्रतिसत लाभांस बितरण गरेको सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष झंकनाथ न्यौपाने, कालिकास्थान
महिला बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, गाविस सचिव टिकम शाही, बिशेष अतिथी जिल्ला
कृषि सहकारी संघका अध्यक्ष टिका देवकोटा, लहरेपौवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लीलानाथ
न्यौपानेलगायतका बक्ताले आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथी जिल्ला कृषि विकास कार्यालय प्रमुख रमेश
हुमागाँईले कृषकहरुको हक हितका लागी सहकारी लाग्नु पर्ने र सफल उद्यमी तयार गर्नु पर्ने बताउँनुभयो ।
संस्थाले उत्कृष्ठ सेयरधनीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने