२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धैबुङ्ग साना किसान ७ लाख नाफामा

२०७२, २३ आश्विन शनिबार १४:१८

rasuwa
news

असोज २३, रसुवा । आफ्नो स्थापनाको ४ वर्षमा धैबुङ्ग कालिका साना
किसान कृषि सहकारी संस्थाले ७ लाख नाफा कमाएको छ ।

शनिबार
कालिकास्थानमा सम्पन्न संस्थाको चौथो साधारण सभामा संस्थाले कुल १ करोड ६५ लाख १० हजार रुपैयाँ ऋण लगानी
गरेको , असुली १ करोड १० लाख ६३ हजार र लगानीमा रहि रहेको ऋण १ करोड ४८ लाख २३ हजार रुपैयाँ रहेको
संस्था प्रबन्धक पूर्ण न्यौपानेले बताए ।

संस्थाले कुल
आम्दानीका २२ लाख १ सय १६ रुपैयाँ आम्दानी गरी १४लाख ६६ हजार १ सय ३२ रुपैयाँ खर्च गरेको छ । यस वर्ष ७
लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नाफा कमाएको छ । बचततर्फ ३८ लाख ८९ हजार ८ सय संकलन गरी १७ लाख ७६ हजार ७
सय ८७ रुपैयाँ फिर्ता समेत गरेको छ ।

rasuwa news 2

संस्थाका कुल ७ सय ५२ सेयर सदस्य छन् । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पौडेलले ९ लाख १९
हजार नाफा कमाउने लक्ष लिएको बताए । कुल सेयर पुजी २५ लाख ९७ हजार र बचत ३७ लाख ५० हजार रुपैयाँ रहेको छ
भने संस्थाले सेयर सदस्यहरुलाई ७ प्रतिसत लाभांस बितरण गरेको सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष झंकनाथ न्यौपाने, कालिकास्थान
महिला बचता तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, गाविस सचिव टिकम शाही, बिशेष अतिथी जिल्ला
कृषि सहकारी संघका अध्यक्ष टिका देवकोटा, लहरेपौवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लीलानाथ
न्यौपानेलगायतका बक्ताले आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथी जिल्ला कृषि विकास कार्यालय प्रमुख रमेश
हुमागाँईले कृषकहरुको हक हितका लागी सहकारी लाग्नु पर्ने र सफल उद्यमी तयार गर्नु पर्ने बताउँनुभयो ।
संस्थाले उत्कृष्ठ सेयरधनीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से