भदौ १२, रोल्पा । विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् । 

गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, रोल्पा । विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् । 

गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जि"/>

2026-09-18 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएपछि न्याय खोज्दै प्रहरीमा आइन् सुनिता

भदौ १२, रोल्पा । विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् । 

गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन् । आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैँसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए ।” 

“त्यसपछि मैले अहिले म सानै छु, बिहे गर्दिन भनेर धेरै रोएँ, कराएँ तर कसैले मेरो कुरा सुनेनन् । आगामी भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरँे । दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ । आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ । मलाई पटक्कै ऊसँग बिहे गर्न मन छैन । तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्,” उनले आँसु पुछ्दै भनिन् । 

यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखियो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहापाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए । उहाँले भन्नुभयो, “हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रका, रोल्पामा बोलाएका छौँ ।” उहाँहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौँ ।” अहिले परियार प्रहरीकै संरक्षणमा भएको पनि उहाँले जानकारी दिनुभयो । 

जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् यस किसिमका घटना जिल्लामा धेरै हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई