भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ ।
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिलनले जेष्ठ नागरिकलाई सम्मानसहित दर खुवायो

१२ भाद्र २०७३, आईतवार ०८:४९

भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ ।

तिज नजिकै गर्दा दाजुभाई आफ्ना दिदीबहिनी लिनको लाई हतार गरिरहेका छन् भने बजारमा दरखानेहरुको भीड लागेको छ । मोदीबेणी बृद्धा आश्रममा बसेका बृद्धबृद्धाहरुको गुठीमा न त तिजको रौनकनै थियो न त कुनै पर्वको । तर मिलन क्लबले जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरुलाई दर खुवाएर हर्षित बनाएको छ । शनिवार क्लबले मोदीबेणी दिव्यधाममा एक कार्यक्रमको आयोजना गरी १८ जना बृद्धबृद्धा तथा साधुसन्तलाई सम्मान सहित दर खुवाएको हो ।

मोदीबेणीमा रहेका बृद्धबृद्धालाई क्लबले सरसफाइका सामाग्री तथा फलफुल र नगद सहयोग गरेको थियो । क्लबले तिजको बेलामा दरमात्रै नखुवाई नगद र सरसफाइका सामाग्री वितरण गरेपछि बृद्धाबृद्धाहरु हर्षित मुद्रामा देखिन्थे । घरपरिवार त्यागेर तथा कोहि छोराबुहारीका कारण घर छोड्न बाध्यपारिका बृद्धबृद्धाहरुले आफुहरुले यसरी तिजमा दरखाने अबसर जुट्ने नसोचेको तर क्बलले गरेको कार्यप्र्रति आफुहरु खुसी भएको बताए ।

जेष्ठ नागरिक हरिप्रसाद आचार्यको आथित्यतामा संचालन भएको कार्यक्रममा बोल्दै आचार्यले युवाहरुले जेष्ठ नागरिकलाई सम्मान सहित मोदीबेणीमा रहेका बृद्धाबृद्धाहरुसँग माया र ममता साटेकोमा खुसी व्यक्त गरे । उनले क्लबले गरेको कार्यप्रति खुसि व्यक्त गर्दै प्रशंसा समेत गरे । क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष टंकनाथ लामिछानेले गरेका थिए । कार्यक्रममा धार्मिक तथा पर्यटकीय संस्था मोदीबेणी दिव्यधामका अध्यक्ष गोपाल दास बैरागी, संस्थामा सदस्य भुवन विश्वकर्मा लगाएतले बोलेका थिए । भने, कार्यक्रमको संचालन क्लबका महासचिव विनोद वि. पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव