भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ ।
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिलनले जेष्ठ नागरिकलाई सम्मानसहित दर खुवायो

२०७३, १२ भाद्र आईतवार ०८:४९

भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ ।

तिज नजिकै गर्दा दाजुभाई आफ्ना दिदीबहिनी लिनको लाई हतार गरिरहेका छन् भने बजारमा दरखानेहरुको भीड लागेको छ । मोदीबेणी बृद्धा आश्रममा बसेका बृद्धबृद्धाहरुको गुठीमा न त तिजको रौनकनै थियो न त कुनै पर्वको । तर मिलन क्लबले जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरुलाई दर खुवाएर हर्षित बनाएको छ । शनिवार क्लबले मोदीबेणी दिव्यधाममा एक कार्यक्रमको आयोजना गरी १८ जना बृद्धबृद्धा तथा साधुसन्तलाई सम्मान सहित दर खुवाएको हो ।

मोदीबेणीमा रहेका बृद्धबृद्धालाई क्लबले सरसफाइका सामाग्री तथा फलफुल र नगद सहयोग गरेको थियो । क्लबले तिजको बेलामा दरमात्रै नखुवाई नगद र सरसफाइका सामाग्री वितरण गरेपछि बृद्धाबृद्धाहरु हर्षित मुद्रामा देखिन्थे । घरपरिवार त्यागेर तथा कोहि छोराबुहारीका कारण घर छोड्न बाध्यपारिका बृद्धबृद्धाहरुले आफुहरुले यसरी तिजमा दरखाने अबसर जुट्ने नसोचेको तर क्बलले गरेको कार्यप्र्रति आफुहरु खुसी भएको बताए ।

जेष्ठ नागरिक हरिप्रसाद आचार्यको आथित्यतामा संचालन भएको कार्यक्रममा बोल्दै आचार्यले युवाहरुले जेष्ठ नागरिकलाई सम्मान सहित मोदीबेणीमा रहेका बृद्धाबृद्धाहरुसँग माया र ममता साटेकोमा खुसी व्यक्त गरे । उनले क्लबले गरेको कार्यप्रति खुसि व्यक्त गर्दै प्रशंसा समेत गरे । क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष टंकनाथ लामिछानेले गरेका थिए । कार्यक्रममा धार्मिक तथा पर्यटकीय संस्था मोदीबेणी दिव्यधामका अध्यक्ष गोपाल दास बैरागी, संस्थामा सदस्य भुवन विश्वकर्मा लगाएतले बोलेका थिए । भने, कार्यक्रमको संचालन क्लबका महासचिव विनोद वि. पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार