भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागत"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बन्ने भयो रुपन्देहीमा फोहरमैला प्रशोधन केन्द्र

२०७३, १२ भाद्र आईतवार ०९:५०

भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागतको रुपन्देहीको पड्खौली–८ गौरीघाटमा फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्ने भएपछि फोहर मैला व्यवस्थापन गर्ने समस्याको समाधान हुने भएको हो । फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि नगरपालिकाले ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का सम्झौता पछि निर्माणको प्रारम्भिक काम सुरु भइसकेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत विष्णुदत्त गौतमका अनुसार प्रशोधन केन्द्र निर्माणका लागि गत वैशाखमा ठेक्का सम्झौता भएको हो । निर्माण गर्ने ठेक्काको जिम्मा भारतीय कम्पनी युपिएलइइएल र नेपाल आदर्श निर्माण सेवाले लिएका छन् । 

एसियाली विकास बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित एकीकृत सहरी विकास आयोजना ९आइयुडिपी० अन्तर्गत निर्माण हुन लागेको फोहरमैला प्रशोधन केन्द्र निर्माण हुन लागेको हो । आइयुडिपीले छुट्याएको ३२ करोड रुपैयाँमा पूर्वाधार निर्माण, पहुँचमार्ग निर्माण, दुई किलोमिटर सडक, डोजर, लोडर, टिपरलगायत आबश्यक उपकरण तथा २६ हजार डस्टबिनसहित एक वर्षको सञ्चालन खर्चसमेत जोडिएको प्रमुख गौतमले जानकारी दिनुभयो । 

सम्झौताअनुसार सर्भेको काम सुरु भइसकेको छ । आयोजना निर्माण गर्ने विषयमा स्थानीयवासीको केही गुनासो आएका कारण हामी छलफल र समन्वयलाई निरन्तरता दिँदै निर्माणको कामलाई पनि अगाडि बढाएका छौँ, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले भन्नुभयो । प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएपछि नगरपालिकाको मुहार नै फेरिनेछ । ठेक्का सम्झौताअनुसार वैशाखदेखि २० महिनाभित्र निर्माणको सम्पूर्ण काम सकिसक्नुपर्नेछ । २०७४ कात्तिकसम्ममा सञ्चालनमा आउने लक्ष्य लिइएको छ । 

नगरपालिकाबाट दैनिक २५ टन फोहर मैला उठ्ने गरेको छ । फोहरमैला प्रशोधन केन्द्र निर्माण भएपछि नगरपालिकालाई १५ वर्ष फोहरमैला व्यवस्थापनका लागि कुनै समस्या आउने छैन । प्रशोधन केन्द्र भएका कारण नगरवासीले वातावरणीय सुधार भएको महसुस गर्न पाउनेछन् भने फोहरबाट उत्पादित कम्पोस्ट मल र बिजुलीसमेत प्रयोग गर्न पाउने नगरपालिकाका वरिष्ठ इन्जिनियर तथा आइयुडिपी प्रमुख ई। शैलेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

नगरपालिकाले नगरबाट फोहर उठाउने बेलामा कुहिने र नकुहिने दुवै प्रकृतिको फोहर छुट्याएर मात्रै लैजान्छ, ई। श्रेष्ठले भन्नुभयो, “कुहिने मलबाट कम्पोस्ट मल तयार गर्ने उक्त कम्पोस्ट मललाई नजिकैका गाउँलेलाई सहुलियत दरमा बिक्री गर्ने तथा त्यसपछि पनि बचे बाहिरका मानिसलाई चलनचल्तीको दरमा बिक्री गर्ने सोच रहेको छ ।” 

त्यसैगरी, फोहरबाट बिजुली निकाल्नका लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो । त्यसअन्तर्गत बिजुली उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययनको काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ