२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

श्रमिक महिला भन्छन्ः मजदूरी नगरी छाक टर्देन

२०७८, २४ फाल्गुन मंगलवार ११:२३

फागुन २४, महेन्द्रनगर । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त हुनुहुन्थ्यो ।

चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक रु पाँच सय मा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताउनुभयो । “दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु ?”, उहाँले भन्नुभयो, “दिवसमा हकहित र महिलामाथिको विभेद्का नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधँ उस्तै हो ।”

उहाँले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बताउनुभयो । यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयवासी हुन् । श्रीमान् सुरज चौधरीसित महेन्द्रनगर मजुदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोख्नुभयो । उहाँले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भएपनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताउनुभयो । “श्रीमान् सवारी चालक, म मजदूरीमा छौं”, उहाँले भन्नुभयो, “दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।” 

त्यसैगरी मङ्गलबार बिहान घर बनाउने काममा मजदूरी गर्न जानअघि भगतपुरमै बसोबास गर्दै आउनुभएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाउनुभयो । तर उहाँलाई दिवसको दिन मजदूरीमा जानु बाध्यता रहेको सुनाउनुभयो । “हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो”, श्रीमान् विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले रासससँग भन्नुभयो, “नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं ।”

बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उहाँको भनाइ छ । “बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं”,  उहाँले भन्नुभयो, “हामीलाई के दिवस, के बिदा सधैँ यस्तै हो ।” एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरागरी बसिरहेको बताउनुभयो । “तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें”, उहाँले भन्नुभयो, “घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान् मिस्त्री र म मजदूरी काम गर्छु ।”

त्यसैगरी यहाँको महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका–१३ का सुनादेवी सुनारले भने बगरको सङ्घर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताउनुभयो । “सहरमा महिला हकहित र दिवसका कुरा हँुदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं”, उहाँले भन्नुभयो, “हुनेखानेलाई पो दिवस आउँलान हामी त महिला भए पनि मजदूर न हौं ।” दैनिक रुपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु