१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभा दुर्घटना : १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

२६ फाल्गुन २०७८, बिहीबार ०७:३४

फागुन २६, काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार

बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन