२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पुर्न निर्माणमा जोडदिन सरोकारवालाहरूको माग

२०७२, २८ आश्विन बिहीबार ०३:४४

असोज २८, रसुवा । व्यवस्थापिका ससंसदको विकास समितिको
आयोजनामा ०७२ असोज १३ गते रसुवाको कालिकास्थान र सरमथलीमा ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प पीडित
क्षेत्रको पूर्ननिर्माण गर्न जिल्लाका सरोकारवालाहरुले जोड् दिएका छन् ।

rasuwa news

विनाशकारी भूकम्प पीडित क्षेत्रको पूर्ननिर्माण अन्तक्रिया कार्यक्रम नेपाल सरकारका
मुख्य सचिव डा सोमलाल सुवेदीले बिधेयक तयार भएकोले पुर्न निर्माण प्राधिकरणले चाँढै पुर्णता पाउने
बताउँनुभयो । उहाँले मानवअधिकार र प्रेस मैत्री संबिधान जारी भएको बताउँदै सरकारी तथा गैर सरकारी
संस्थासँग समन्वय गरेर पुर्न निर्माणका काम सुरु हुने बताए ।

सांसद रञ्जनाकुमारी सरकारले हिमाली जिल्लामा हिउँ पर्न थाले पछि समस्या हुन थाल्छ भने
छाप्रामा बस्ने सुत्केरी, भर्गवती महिलाहरु जोखिममा पर्ने गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासी,
पत्रकार अधिकारकर्मी, व्यापारीहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरुले विनाशकारी भुकम्पले रसुवाको
पर्यटकीय क्षेत्र संकटमा परेको अझै लाङटाङमा पुरिएका धेरै जना बेपत्ता भएकोले शबहरुको उत्खनन् गरी
उनीहरुको अवस्था बारे पत्ता लगाउनु पर्ने तथा बिस्थापितहरुलाई पुर्नबास गराउनु पर्ने , चीनले रसुवाको
पुर्न निर्माण थाल्ने तर सरकारले स्वीकृति नदिएको गुनासो गरे ।

जिल्लाबाट निर्वाचित संसद जनार्दन ढकालले जिल्लाका राजनीति दल, कर्मचारी समेतको सहयोग र
समन्वयमा तत्काल खोज उद्धार र राहतका काम भएको अबको ध्यान पूर्न निर्माणमा जानु पर्ने बताउँदै पूर्न
निर्माण प्राधिकरणले काम थाल्ने बताउनुभयो । उहाँले जिल्लाका सवै खाले समस्या समाधान गर्न आफु लागी
पर्ने बताउँदै २ लाख रुपैयाँ राहत दिने तथा २ प्रतिसत सहुलियत ब्याजमा ऋण प्रदान गर्ने बताउनुभयो

कार्यक्रममा एनेकपा माओवादीका माधव लामिछानेले, नेकपा एमालेका
भवनी न्यौपाने, नेपाली काँग्रेसका ओम आचार्य, सांसद कर्ण बिक, दलितका तर्फबाट मनवीर कामी र जिल्ला
भूमिअधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपाने, अन्तरपार्टी महिला सञ्जालकी भगवती न्यौपानेले आफ्नो
धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से