फागुन २७, काठमाडौँ । विहीबार बसेको मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आगामी वर्ष २०७९ मा दशैं बिदा लम्बिने भएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार विहीबार सबेको मन्त्रिपरिषद् बैठकले २०७९ मा दशैँ बिदा लम्ब्याएको हो । बिदा सूचीअनुसार दशैंको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ ।
नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।
यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ ।
यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समूदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ । यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ ।
यसैगरी उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा र घोडेजात्राको दिन बिदा हुनेछ भने दशैँ बिदा असोज १६ देखि २१ गते र तिहार बिदा कात्तिक ७ र ८ , ९ र १० गते हुनेछ ।
यस्तै दिवस बिदाको रुपमा मजदुर दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र महिला दिवसका दिन सार्वजनिक बिदा दिइने छ भने जन्यजयन्तीको रुपमा बुद्ध जयन्ती, फाल्गुनान्द जयन्ती, गुरु नानक जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिइनेछ ।