2026-07-24 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन हुने, उच्छृङ्खल भई होलि खेले मुद्दा चलाइने

कृष्णसिंह धामी । चैत १, काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताए । 

काठमाडौं जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताए । 

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ । 

प्रत्येक जिल्लाले आ-आफ्नो सुरक्षा योजनासमेत बनाएको उनको भनाइ छ । ‘प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन्,’ एसपी राठोरले भने, ‘त्यसका लागि महानगरीय प्रहरी कार्यालयसँगै प्रत्येक परिसरबाट पनि आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन् ।’

त्यस्तै तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिनेछन् । यो नियमित परिचालन गरिने प्रहरीभन्दा थप संख्यामा होली लक्षित गरेर मात्र खटाइने उनको भनाइ छ । 

विगतका केही वर्ष कोरोना महामारीका कारण होली पर्व पनि खुम्चिएको थियो । यो वर्ष भने सबैले हर्सोल्लाहसका साथ मनाउने हुँदा त्यही आधारमा सुरक्षा योजना तयार भएको उनले बताए । 

सबै जिल्लाका प्रहरी प्रमुखसँग बसेर सुरक्षा योजना तयार पारिएको र प्रत्येक जिल्लाले छुट्टा छुट्टै सुरक्षा योजनासमेत तयार पारेको उनको भनाइ छ ।ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्नेछ । गत वर्ष होली पर्वको बेला मात्र काठमाडौं उपत्यकामा ४७ सवारी दुर्घटनामा परेका थिए । यो वर्ष भिडभाड बढी हुने र सोही आधारमा बढ्ने सक्नेतर्फ लक्षित गरेर ट्राफिक प्रहरीले समेत योजना बनाएको उनको भनाइ छ । 

गत वर्षकाे होलीमा होहल्ला गर्ने, उच्छृङ्ख गतिविधि गर्ने १९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ । 

पारिवारिक हिसावमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरे । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने बताए । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने उनको भनाइ छ । 

प्रहरीले यसका साथै जनचेतना फैलाउने काम पनि गरिरहेको उनले बताए । सामुदायिक प्रहरीमार्फत जनचेतना फैलाउने काम पनि भइरहेको उनको भनाइ छ । ‘सामुदायिक प्रहरीमार्फत माईकिङ गर्ने, कोरोना महामारीको प्रकोप कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्ने जस्ता काम पनि गर्छौं,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक