४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण

८ कार्तिक २०७२, आईतवार ०२:२५

कात्तिक ८, रसुवा । आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)
र थाई भोलेन्टियर सर्भिस ९टिभिएस० को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका
चार दलित परिवारको परिवारको घर निर्माण गरेको छ ।

rasuwa news

०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट
क्षतिग्रस्त घरमध्ये थाई भोलेल्टियर्स तथा ईन्सेकले स्थानीयको सहयोग र समन्वयमा ०७२ असोज २४ देखि
लहरेपौवा गाविस –४ कर्मीडाडाँका विनाशकारी भूकम्प पीडित १५ घर दलित समूदायमा छलफल गरी छनौट पछि चारवटा
परिवारको परिवारको घर निर्माण गरिएको हो ।

लहरेपौवा गाविस –४ का
५६ वर्षीया सेतीमाया बिक, ४० वर्षीय बिक्रम बिक, ३४ वर्षीय अर्जुन बिक, र ३२ वर्षीय महेन्द्र बिकको
ट्रष्ट तथा जस्तापाताको प्रयोग गरी अर्ध स्थायी प्रकृतिको घर निर्माण गरिएको हो ।

यस अघि ०७२ जेठ १४ गते ईन्सक तथा टिभिएसको एक टोलीले कर्मीडाडाँका दलित तथा
बरीपरिका गरी ३४ घर परिवारको अवस्था बारे स्थलगत अनुगमन गरेका थिए ।

बैशाख १२ गतेका विनाशकारी भूकम्पबाट मृतक तथा घाईते परिवार र क्षतीग्रस्त घर भएका निम्न
वर्गका ब्यक्तिहरूको पूर्ननिर्माण अन्तर्गत भग्नावशेष पन्छाएर, ट्रष्ट र जस्तापाता प्रयोग गरी अर्ध
स्थायी प्रकृतिको घर निर्माण सम्पन्न गरी स्थानीय तीस परिवारमा सिरक १, चामाल १० कीलो, तेल १ लिटर,
मैनबत्ती, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीहरु एक कार्यक्रमका बीच बितरण गरेका थिए ।

rasuwa new

स्थानीयवासीले आफ्नो गाउँमा सहयोग गरेककोमा
धन्यवाद दिदैं आमागी दिनमा समेत समूदायको सहयोगमा जुट्न अनुरोध गर्दै थाईल्याण्डबाट आएका स्वयम्सेवकहरू
तथा ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडालाई फुलमाला र अबिरल लगाएर बिधाई गरेका थिए

बिधाईका अवसरमा स्थानीय मनवीर बिक, मदन बिक, झवराज न्यौपाने,
लीलानाथ न्यौपाने , ईन्सेकका जिल्ला प्रतिनिधीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की