भदौ १३, इलाम । दानावारीमा जारी पाल्टार नकाउट फुटबल प्रतियोगीता अन्र्तगतको तेश्रो दिनको खेल सम्पन्न भएको छ ।

प्रतियोगीतामा आइतबारको खेलमा बिजयी बन्दै महमाई–२, महमाई–४ र सुखानी दोश्रो चरणमा प्रवेश गरेका छन । पहिलो खेलमा महमाई २ ले कन्काई झापालाई ७–२ गोलको फराकिलो अन्तरले पराजित गर्दैे बिजयी सुरुवात ग¥यो । त्यस्तै दोश्रो खेलमा मदनपुर झापा अनुपस्थित भएपछि वाकओभर पाएर महमाई–४ पनि दोश्रो चरणमा पुग्यो ।

अन्तिम खेलमा सुखानीले लिभिङ लिजेन्ड चिसापानी–८ तिनघरेलाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश पायो । निर्धारित समयमा १–१ गोल भएपछि खेलको निर्णय ट्राइवेकरबाट लिइएको थियो ।

त्यस्तै भोली हुने पहिलो खेलमा सुरुङ्गा झापा र इलाम व्यपारी संघ, दोश्रो खेलमा नव विहानी दानावारी ९ र सोक्तिम चिसापानी तथा तेश्रो खेलमा केएफसी झापा र महमाई ५ विच प्रतिस्पर्धा हुनेछ ।

पाल्टार नकाउट फुटबलको तेश्रो दिनको खेल सम्पन्न
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment