2026-10-15 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

चैत १४, सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो । 

कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गरिएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएका छन् ।

दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् ।

रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् । 

कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।

जुम्लामा ७६८ म्यादी प्रहरीमो माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् ।  हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने