2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात महिनामा आइएनजीओको साढे १४ अर्बभन्दा बढी बजेट स्वीकृत, ७७ वटै जिल्लामा आइएनजीओका कार्यक्रम

चैत्र २३, काठमाडौं | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (आइएनजीओ)ले साढे १४ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृत गराएका छन् ।  

समाज कल्याण परिषद्ले २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधीमा ३७ वटा आइएनजीको उक्त बजेट स्वीकृत गरेको हो । 

परिषद्का अनुसार सो अवधिमा कूल १४ अर्ब ६८ करोड ९५ लाख ३२ हजार ८४५ रुपैयाँ बजेट स्वीकृत भएको छ । स्वीकृत भएका कार्यक्रमहरु तीन महिनादेखि पाँच वर्षसम्मका रहेका छन् । 

आइएनजीओहरुले कृषि, मानवअधिकार, सामाजिक रुपान्तरण, कोरोना महामारी, विपद् जोखिम न्युनीकरण, दिगो विकास, नविकरणीय उर्जा, खानेपानी, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, बाल सुरक्षा लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न बजेट परिषद्बाट स्वीकृत गरेका हुन् । 

समाज कल्याण्ड परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईका अनुसार स्वीकृत भएका कार्यक्रमहरु डडेलधुरा, बैतडी, डोटी, बझाङ, कञ्चनपुर, गोर्खा, काठमाडौं, ललितपुर, बर्दिया, पाल्पा, कैलाली, कञ्चनपुर, रौतहट, धनुषा, सुनसरी, धादिङ, महोत्तरी, गुल्मी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, प्युठान, सिन्धुपाल्चोक, सोलुखुम्बु, ओखलढुंगा, नुवाकोट, सुर्खेत, रोल्पा, सर्लाही, मोरङ, नवलपुर, स्याङ्जा, चितवन, मुगु, बाजुरा, सिराहा, झापा, दोलखा, धनुकटा, उदयपुर, तनहुँ, लम्जुङ, कास्की, काभ्रे, मकवानपुर, बारा, पर्सा, परासी, इलाम, सिन्धुली, कालिकोट, जुम्ला, रामेछाप, जाजरकोट लगायत ७७ वटै जिल्ला लागू हुनेछन् । 

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा ठूलो बजेट सेभ द चिल्ड्रेन इन्टरनेसनल युकेले स्वीकृत गराएको थियो । सेभ द चिल्ड्रेनको  ४.५ वर्षको लागि ६ अर्ब १८ करोड ३८ लाख ८२ हजार ३८१ रुपैयाँ बजेट स्वीकृत भएको छ । उक्त रकम ७७ वटै जिल्लामा स्वास्थ्य क्षेत्र खर्च गरिने परिषद्ले जनाएको छ । 

आइएनजीओले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट कोरोना माहामारी नियन्त्रण तथा रोकथामका क्षेत्रमा छुट्याएका छन् । 

दि फिनिस इभान्जेलिकल लुथ्रन मिसन, एएमडीए–माइन्ड्स, एक्सन इन्टरनेसनल नेपाल, क्याथोलिक रिलिफ सर्भिसेज, मर्सी क्रप्स नेपाल, चिल्ड्रेन रेस्क्यु नेपाल, रिन्युवल वल्ड, कतार च्यारिटी, चाइल्ड फण्ड जापान, ब्याक टु लाइफ, एड्भन्टीस्ट डेभलपमेन्ट एण्ड रिलिफ एजेन्सी इन्टरनेसनल इन नेपाल, निक सिमोन्स फउण्डेसन्, प्लान इन्टरनेसनल नेपाल लगायतका आइएनजीओले यस वर्ष नेपालमा काम गर्न बजेट स्वीकृत गराएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक