2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्मेटिक व्यवसायी संघमा तिमल्सिना

कस्मेटिक वस्तु स्वदेशमै उत्पादन गरेर निर्यात गर्नुपर्छ : मरासिनी

चैत्र २६, काठमाडौं | नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सहकोषाध्यक्षमा सुभाष गोयल, कोषध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् । 

यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दय व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए । 

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,'मरासिनीले भने, 'नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’

संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले सरकारले कस्मेटिक वस्तुलाई दैनिक उपभोग्य वस्तुका रूपमा मान्यता दिनुपर्ने माग गरे । उनले राज्यले अझै पनि कस्मेटिक व्यवसायलाई महत्व नदिएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।


नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले सम्पूर्ण वस्तुलाई आयात प्रतिस्थापन गर्न खोजेर सरकारको फरक ढंगको रवैया प्रस्तुत गरेको आरोप लगाए । उनले सरकारको यो निर्णयले सौन्दर्य व्यवसायमा आबद्ध व्यवसायी मारमा पर्ने उल्लेख गरे । 


ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले कस्मेटिक विलासिताको वस्तु मात्र नभएर दैनिक उपभोग्यको वस्तु भइसकेको बताए । ‘कस्मेटिक विलासिता मात्र होइन, दैनिक उपभोग्य वस्तु भइसक्यो । महिलाले मात्र होइन, पुरुषले पनि जहाँसुकै जुनबेला पनि सौन्दर्यका साधन प्रयोग गर्न थालेका छन्,’ उनले भने । पछिल्लो समय कस्मेटिक व्यवसायी केन्द्र, प्रदेश र स्थानीय तीन तहका सरकार मात्र होइन, प्रहरीका साथै अन्य समूहबाट पनि पीडित भएको उनको भनाइ थियो । 


जडीबुटी अन्वेषक धर्मराज पौडेलले सौन्दर्य प्रशाधनमा प्रयोग हुने लाखौं जडीबुटी खेर गएको उल्लेख गर्दै स्वदेशी जडीबुटीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । पौडेलले बाहिरी सौन्दर्य मात्र होइन, आन्तरिक सौन्दर्यमा जोड दिनुपर्ने बताउँदै विदेशबाट कस्मेटिक वस्तु आयात गर्न नहुने धारणा राखे ।

नेपाल कस्मेटिक व्यवसायी संघ २०६९ मा स्थापना भएको हो । देशका ७७ वटै जिल्लामा साना साना लगानीमा कस्मेटिक व्यवसाय खोलेर संघको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक