राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संच"/>
२९ पुष २०८२, मंगलवार
समाज

मिर्चैयमा कार्यालय सहयोगीको भरमा आयुर्वेद औषधालय संचालन

१४ भाद्र २०७३, मंगलवार १६:२१

राम नारायण पंडित । भदौ १४, सिरहा | सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संचालन भईरहेको छ । विभिन्न वाहाना देखाएर औषधालयका प्रमुख कविराज राकेश कुमार यादव नियमित उपस्थित नभएपछि कार्यालय सहयोगीले सवै काम गर्दै आएको हो । 

प्रमुख यादब प्रत्येक महिनाको अत्यतिर आएर महिना भरीको हाजिरी गरेर तलव खाने गरेको स्थानीयले बताए ।  स्थानियका अनुसार प्रमुख यादब महिनामा मुस्किलले १० दिन कार्यालयमा उपस्थित हुने गरेका छन् ।  कविराजलाई नियमित रुपमा कार्यालयमा उपस्थित हुन अनुरोध गरेपनि उहाँले कुनै सुनुवाई नगरेको स्थानीयहरुले गुनासो गरे । स्थानीयले जिल्ला आयुर्वेद औषधालयमा खवर गरेपनि कुनै सुनवाई नभएको बताए । औषधालयमा बैध नियमित रुपमा उपस्थित नहुने भएपछि आफुले बाध्यताबस विरामीहरुलाई उपचार गर्ने गरेको कार्यालय सहयोगी रामकुमार यादवले बताए । आफूले सामान्य ग्याष्ट्रिक, कव्जियत, प्रेसर जस्ता समस्याको औषधी दिने गरेको उनले बताए । पहिला वेला वेलामा आउने गरेको भएपनि पछिल्लो दिनमा सरको गाउँमा घर वनिरहेकोले कम आउन थालेको कार्यालय साहयोगी यादवले बताए । 

यता, जिल्ला आयुर्वेद औषधालय, सिरहाका प्रमुख वरिष्ठ कविराज नरेन्द्र प्रसाद पटेलले आफूसँग स्थानीयको गुनासो आएको बताउनु भयो । स्थानीयको गुनासो आएपछि आफूले पटक पटक नियमित रुपमा उपस्थित हुन निर्देशन दिएपनि उनले नटेरेको निरिहता प्रकट गरे । प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले आफूलाई यो विषयमा अहिलेसम्म जानकारी नभएको भन्दै अव सम्वन्धि कार्यालय मार्फत तुरुन्त स्पष्टिकरण सोध्ने प्रतिक्रिया दिए । रौतहट मदनपुर ४ घर भएका यादब गाउँमा घर वनिरहेकोले कार्यालयमा नियमित उपस्थित हुन नसकेको फोनमा स्वीकार गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव