भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार"/>

2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्बतमा २६ ग्राहकको विद्युत काटियो

भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार भन्दामाथि सम्मको   रकम भु्क्तानी गर्नको लागि      बाँकी रहेकाहरुको विद्युत लाइन काटिएको जनाएको छ । झण्डै २ सय ग्राहकले महिनौदेखि विद्युत महसुल नबुझाउने गरेको पाइएको छ । 

सदरमुकाम कुश्मा सहित दक्षिणी फलेवास, पातिचौर लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पर्बत वितरण केन्द्रका आय प्रमुख शम्भु सापकोटाले जानकारी दिए ।

उनका अनुसार महिनौदेखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काट्न अहिले जिल्लाभर नै  कर्मचारी परिचालन गरिएको छ । केन्द्रका अनुसार ३ महिनाको समयमा महशुल नबुझाउने उपभोक्ताहरु मध्येबाट ३० लाख भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । जसमध्ये ७ लाख ३६ हजार ३ सय ५रुपैँया बक्यौता रकम उठिसकेको छ । 

विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय रहेका छन् । विद्युत महसुल नबुझाउने सरकारी कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय पर्वत र प्राथमिक स्वास्थ्य केन्द्र लुंखु रहेको प्राधिकरणले बताएको छ । 

लुंखुमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रले दुई बर्षभन्दा बढि लामो समयदेखि महसुल नबुझाएको प्राधिकरणले जनाएको छ । जिल्ला स्वास्थ्य कर्यालय र स्वास्थ्य केन्द्रबाट सवैभन्दा बढी रकम उठ्न बाँकी  छ ।

प्राधिकरणका अनुसार कालीगण्डकी क्रसर उद्योगबाट २ लाख ६२ हजार, प्राथमिक स्वास्थ्य केन्द्र लुंखुको १ लाख २० हजार, जिल्ला अस्पतालबाट १ लाख ४३ हजार र स्वास्थ्य कार्यालयबाट ७० हजार विद्युत महसुल उठाउन बाँकी रहेको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो