१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल चोरी भए सावधानीका लागि अपनाउनुस् यी पाँच विधि

११ बैशाख २०७९, आईतवार ०९:५८

वैशाख ११, काठमाडौँ | मानिसको गोजीमा भएको सामान जुनसुकै बेला पनि हराउने जोखिम हुन्छ। कहिले काहीँ गोजीमा भएको मोबाइल हराउन सक्छ। कुनै कार्यक्रममा जाँदा चोरले पनि मोबाइल चोर्नसक्छ। 

मोबाइल चोरी हुँदा व्यक्तिगत डाटा र डकुमेन्ट जोखिममा पर्छन्। यसका साथै नयाँ फोन खरिद गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हराएको फोनको डिभाइस तुरुन्त बन्द गर्नुपर्छ। 

डिजिटल सेक्युरिटी स्पेशलिस्ट एमिलियो सिमोनीले मोबाइल चोरी हुँदा सबैभन्दा पहिले डिभाइस तुरुन्त लक गर्न लगाउनुपर्ने बताएका छन्। फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर चिप क्यान्सिल गराउनु पनि निकै आवश्यक रहेको उनले बताएका छन्। त्यस्तो गर्दा फोन कसैका लागि पनि काम लाग्दैन।

अपरेटरको वेबसाइटबाट यसका लागि कसलाई सम्पर्क गर्ने भन्ने पत्ता लगाउन सकिन्छ। इन्टरनेश्नल मोबाइल इक्विपमेन्ट आइडिन्टिटीसँग पनि यस्तो गर्नु सम्भव छ। यो एक इन्टनेश्‍नल रजिस्ट्री हुन्छ। जसमा मोबाइललाई तुरुन्त बन्द गर्न सकिन्छ।

मोबाइल हराउँदा आफ्ना थुप्रै व्यक्तिगत अकाउन्ट भएका पासवर्ड फेरिदिनुपर्छ। सिमोनीले मोबाइलमा भएका एपहरूका सबै पासवर्ड फेरिदिनुपर्छ। 

यस्तो नगर्दा फोन चोर्ने व्यक्तिले तपाइको व्यक्तिगत विवरणको दुरुपयोग गर्न सक्छ। फेसबुक, इन्टाग्राम, इमेल लगायत सोसल साइडको पासवर्ड सहजै बदल्न सकिन्छ।

यसका साथै आफूले कारोबार गरिरहेको बैंक तथा वित्तीय संस्थालाई पनि यस बारेमा सूचित गर्नुपर्छ। समयमै जानकारी दिँदा बैंकले मोबाइलमा रहेको ऐपलाई ब्लक गर्न सक्छ। 

यदि अपराधीले तपाईंको अकाउन्टबाट पैसा अरूको अकाउन्टमा ट्रान्सफर गरिरहेको भए त्यो पनि रोक्नसकिन्छ। प्रत्येक बैंकसँग सेवा दिने यस प्रकारको आफ्नो च्यानल हुन्छ।

मोबाइल हराउँदा आफ्ना साथी र परिवारका सदस्यलाई पनि जानकारी दिनुपर्छ। किनकि अपराधीले म्यासेज ऐप वा सामाजिक नेटवर्कबाट तपाईंका आफन्त र साथीलाई सम्पर्क गरेर बल्याकमेलिङ गर्न सक्छ। पैसा वा बैंक डिटेल माग्नसक्छ।

मोबाइल चोरी हुँदा प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ। यसले फोन चोरी भएको रेकर्ड रहन्छ। बैंक, बीमा कम्पनी र अन्य ठाउँमा पनि यस प्रमाणको आवश्यकता पर्नसक्छ। 

कतिपय अवस्थामा मोबाइल चोरी हुँदा त्यसमा रहेका आफ्नो पहिचानसँग जोडिएका दस्ताबेज पनि चोरी हुने जोखिम हुन्छ। यस्तो गर्दा प्रहरीले उक्त मोबाइल बढी जस्तो कुन क्षेत्रमा चलिरहेको छ भन्ने जानकारी लिन पनि सजिलो हुन्छ। र, हराएको मोबाइल फेला पार्ने सम्भावना पनि रहन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल