१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि आवेदन खुल्यो, पाँच लाखसम्म छात्रवृत्ति पाइने

१२ बैशाख २०७९, सोमबार ०४:४९

वैशाख १२, काठमाडाैं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।  निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।

प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्‍नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । 

सरकारले गत २६ फागुनमा निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गरेको थियो । यो कार्यक्रमका लागि सरकारले चालु आवमा साढे १४ करोड बजेट विनियोजन गरेको छ ।

कसले कति छात्रवृत्ति पाउँछन्  ?

२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख

१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख

१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख

५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख

१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १  लाख 

१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक