२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि आवेदन खुल्यो, पाँच लाखसम्म छात्रवृत्ति पाइने

१२ बैशाख २०७९, सोमबार ०४:४९

वैशाख १२, काठमाडाैं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।  निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।

प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्‍नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । 

सरकारले गत २६ फागुनमा निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गरेको थियो । यो कार्यक्रमका लागि सरकारले चालु आवमा साढे १४ करोड बजेट विनियोजन गरेको छ ।

कसले कति छात्रवृत्ति पाउँछन्  ?

२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख

१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख

१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख

५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख

१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १  लाख 

१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा