भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पुनर्वास खोज्दै बागलुङका बाढी प्रभावित

१६ भाद्र २०७३, बिहीबार ०७:३५

 भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ बाढीले लगेपछि प्रभावितहरु अहिले आफन्तको घर र अस्थायी टहरामा दैनिकी गुजार्न बाध्य छन् । 

गोठमा बस्नुभएका अधिकारीचौर–५ का ६२ वर्षीय खड्कबहादुर पुनले भन्नुभयो– “दिनरात कटाउन धौ धौ भएको छ, स्थायी बसोबासको चिन्ताले पिरोलेको छ” 

सठसठ्ठीवटा घर पूर्णरुपमा क्षति भएपछि अधिकारीचौरका ३९७ जना विस्थापितमध्येका अधिकारीले सरकारले पुनर्वासको योजना ल्याएर सहयोग गरोस् भन्ने आफूहरुको माग रहेको बताउनुभयो । 

सरकारी र गैरसरकारीस्तरबाट राहत सामग्रीको व्यवस्था भएपनि प्रभावितहरुमा स्थायी आवासको चिन्ता छ । अधिकारीचौरकै दुर्गा भण्डारीले बाढी प्रभावितको पुनःस्थापना चुनौतीपूर्ण रहेको बताउनुभयो । 

शिक्षकसमेत रहनुभएका भण्डारीले सरकारले विशेष कार्यक्रम ल्याएर प्रभावितलाई पुनर्वासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

आफन्तको शरण, गोठ र टहरामा दयनीय अवस्थामा बसेका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनप्रति राज्य जिम्मेवार हुनुपर्ने गनासो आइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बाढी प्रभावितको पुनःस्थापनका लागि पहल भइरहेको बताउनुभयो । 

प्रभावितको यथार्थ विवरण सङ्कलन गर्ने र सहयोगको ठोस योजना बनाउनेबारे तयारी भइरहेको जानकारी दिदै उहाँले भन्नुभयो– “यहाँ मात्र नभएर देशभरको समस्या उस्तै छ तैपनि स्थायी बसोबासको प्रबन्ध मिलाउन सक्दो पहल गर्दै र्छौं ।” 

बाढीका कारण अधिकारी चौरका ७१२, बुङ्गादोभानका १३०, बुर्तिवाङमा ४७, भीमगिठेका २२, दर्लिङका १७, निशीका १६, बागलुङ नगरपालिकाका २२, मालिकाका चार, रायडाँडाका पाँच, कुश्मीसेराका दस, बोहरागाउँका आठजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या