2026-07-25 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कदम पुरस्कार २०७९ बाट कीर्तिमानी आरोही कल्पना महर्जन सम्मानित

वैशाख २३, काठमाडौँ | जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् । 

घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र–सम्मानपत्र र २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । 

कार्यक्रममा सिंहले नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताए । उनले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुने बताए । 

जोशी रिसर्च ईन्स्टिच्युटकातर्फबाट अध्यक्ष हरिराम जोशीका छोरा सुशीलराम जोशीले स्वागत मन्तव्य र २०१७ सालयता ६ दशकको यात्रापछिको वियोगलगत्तै पनि आफ्ना कला–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गरेको ‘कदमः अभिनव मेरा अनुभूति’ पुस्तक एक प्रति सहभागी सबैमा वितरण गरिएको थियो ।

गत १४ वैशाख २०७८ मा दिवंगत भएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ वितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायतका संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता   थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक