भदौ १६, पर्वत । रोटरी क्लब अफ पर्बतले सदरमुकाम कुश्मामा रहेको शिबालय उच्च माध्यमिक बिद्यालयमा पढ्ने १० दृष्टिविहिन बिद्यार्थीलाई दरको लागि चाहिने सबै सामग्री बितरण गरि दर खुबाएको छ ।

पर्बतका बिभिन्न समाजीक क्षेत्रमा क्रियाशिल संघसंस्था, तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत । रोटरी क्लब अफ पर्बतले सदरमुकाम कुश्मामा रहेको शिबालय उच्च माध्यमिक बिद्यालयमा पढ्ने १० दृष्टिविहिन बिद्यार्थीलाई दरको लागि चाहिने सबै सामग्री बितरण गरि दर खुबाएको छ ।

पर्बतका बिभिन्न समाजीक क्षेत्रमा क्रियाशिल संघसंस्था, तथा "/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दृष्टिबिहिन बिद्यार्थीलाई रोटरीको दर

२०७३, १६ भाद्र बिहीबार ०९:०६

भदौ १६, पर्वत । रोटरी क्लब अफ पर्बतले सदरमुकाम कुश्मामा रहेको शिबालय उच्च माध्यमिक बिद्यालयमा पढ्ने १० दृष्टिविहिन बिद्यार्थीलाई दरको लागि चाहिने सबै सामग्री बितरण गरि दर खुबाएको छ ।

पर्बतका बिभिन्न समाजीक क्षेत्रमा क्रियाशिल संघसंस्था, तथा अन्य समुहहरुको बजारमा दरखाने र खुबाउने चहलपहल बढीरहेको बेला रोटरी क्लबले पनि शिबालयमा पढ्ने दृष्टिविहिन हरुलाई लक्षित गर्देै उनिहरुको सपनालाई साकार पारिदिएको छ । उनिहरुलाई चाडबाडको समयको रौनक त्यति नभएपनि राटरीले दरको लागि चाहिने सबै सामग्री बितरण गरि निकै खुसि बनाएको छ । क्लबले बुधबार शिबालय उच्च माध्यमिक बिद्यालय प्राङ्गणमामा एक कार्यक्रमको आयोजना गरि बिद्यालयमा अध्ययनरत १० जना दृष्टिविहिन बिद्यार्थीलाई दाल,चिनी,चामल लगायत एक एक सेट झुल गरि करिब १५ हजार भन्दा बढीको सामानहरु बितरण गरेको छ ।

पर्बतको बिभिन्न ठाउँहरुबाट शिवालयमा अध्ययन गर्न आईपुगेका दृष्टिविहिन बिद्यार्थीहरुले आफुलाई आफ्नै घरमा सबै परिबार संग बसेर दरखाए जस्तो झल्को मेटाईदिएको दृष्टिविहिन बिद्यार्थी तारा शर्माले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी नायब उपरिक्षक गंगा पन्तले बिभिन्न ठाउँबाट उच्च शिक्षा आर्जन गर्ने आएका दृष्टिविहिन बिद्यार्थीहरुकको तिजको झल्को मेटाईदिएकोमा सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लबलाई धन्यबाद समेत दिनुभएको थियो । उहाले पर्बतमा रहेका बिभिन्न क्लबहरु मध्ये रोटरी क्लब पनि सामाजीक सेबाको लागि अग्रसर रहदै आएको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।

साथै दृष्टिविहिन बिद्यार्थीलाई क्लबले आगामि दिनहरुमा पनि थप हौसलाका कार्यक्रमहरु लिएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा उहाले आफु पर्बतबाट बिदाई भएर जाने तयारीमा रहेपनि पर्बत बासिको माया र पर्बतेलीहरुको कामलाई सदा सर्बदा सम्झिरहने बताउनुभयो । उहाले एक बर्ष सम्म पर्बतबासि संगै रहेर गरेका बिभिन्न कामलाई कहिल्यै नर्बिसने भन्दै आफुले थालेको कामलाई पर्बतबासिले उत्साहका साथ अगाडि बढाउन निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष गणेश पौडेलले दृष्टिविहिन बिद्यार्थीहरुलाई लक्षीत गरि आफुहरुले दर खुबाउने कार्यक्रम गरेको भन्दै आगामि दिनमा थप कार्यक्रमका साथ दृष्टिविहिन बिद्यार्थीहरुलाई सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष बिश्बप्रकास प्रसाई, रोटरी क्लब अफ लेखनाथका निर्बतमान अध्यक्ष माधब भटराई, शिबालय उच्च माध्यमिक बिद्यालयका क्याम्पस प्रमुख कमलनाथ शर्मा, अपाङ्ग उत्थान समाज पर्बतका कार्यक्रम संयोजक जगन्नाथ शर्मा लगायतले दृष्टिविहिन बिद्यार्थीलाई लक्षित गरेर दर खुबाएकोमा खुसि ब्यक्त गरेका थिए ।

कार्यक्रममा रोटरी क्लबका निर्बतमान अध्यक्ष गणेश बहादुर क्षेत्रि, रोटरीयन ठाकुर बि पौडेल,दृष्टिविहिन शिक्षक हरिदत्त शर्मा लगायतका रोटरीयनहरुको उपस्थिती रहेको थियो । रोटरी क्लबका प्रथम उपाध्यक्ष केदार नाथ शर्माको स्बागत मन्तब्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक टेकनाथ शर्माले धन्यबाद मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन रोटरी क्लबका द्धितिय उपाध्यक्ष रामकृष्ण रेग्मीले गर्नुभएको थियो ।यसैविच क्लबले  खरेहामा होडिङ बोर्ड समेत राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार