भदौ १६, डोल्पा । नेपाल रेडक्रस सोसाइटी डोल्पा  जिल्ला शाखाले संचालन गरेको सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, डोल्पा । नेपाल रेडक्रस सोसाइटी डोल्पा  जिल्ला शाखाले संचालन गरेको सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्व"/>
२०८२, २७ चैत्र शुक्रबार
डोल्पा - DLP

सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न

२०७३, १६ भाद्र बिहीबार ०९:४१

भदौ १६, डोल्पा । नेपाल रेडक्रस सोसाइटी डोल्पा  जिल्ला शाखाले संचालन गरेको सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता परियाेजनाकाे अर्धवार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ । परियोजना डोल्पा जिल्लाको रह, लावन र सहरतारा गाबिसमा संचालनमा रहेको छ । 

डोल्पा जिल्लाको दुनै बजारमा रहेकाे पला गेष्ट हावसमा संचालित कार्यक्रममा स्वास्थ्य क्षेत्र र खानेपानी, सरसफाइ तथा स्वच्छतामा क्षेत्रमा काम गर्ने जिल्ला स्थित सेवा प्रदायक सरोकारवाला निकाय, कार्यक्रम संचालन भएका गाविसका गाविसमा रहेका स्वास्थ्य संस्था इन्चार्ज, नेपाल रेडक्रस सोसाइटी उपशाखा रह,लावन र सहरतारा का सभापति, गाबिस खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितका पदाधिकारी, महिला स्वास्थ्य स्वयमसेविका प्रतिनिधी, गैसस महासंघ, पत्रकार महासंघ लगाएतको उपस्थिती रहेको थियो । 

नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगंजको आर्थिक सहयोगमा संचालित कार्यक्रमको बार्षिक कुल बजेट २२ लाख २८ हजार ९३ रूपैया रहेको प्रतुति गरिएको थियो । यो बजेट भौतिक पूर्वाधार बाहेकको रहेको कार्यक्रम संयोजक लालिमान बुढाले जानकारी दिए । 

उनले थपे अहिले नेरेसो डोल्पा जिल्ला शाखा केहि माथि उठेको छ, विगत भन्दा अहिले हामी सघ बलियो समझेदार निकाए सिइएची सघ साझेदारी गरेर स्वास्थ्य र सरसफाइको क्षेत्रमा केहि  गतिबिधी गर्न सकिने र प्रयास गरिरहेकेा बताए । 

जिल्ला शाखा उपमन्त्री दिलमाया केसीको उद्घोषणमा सुरू संचालित कार्यक्रममा गतिविधीको प्रस्तुतिकरण साथै उठेका जिज्ञासाको जवाफ जिल्ला संयोजक टेकम वलीले दिएका थिए । प्रस्तुतिकरणमा देखीएका समस्याहरूलाइ समाधान कहिले ? भन्ने सहभागि सहभागिको जिज्ञासामा प्रत्यक्ष सरोकार राख्ने निकाए जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय डोल्पाले कार्यक्रम समन्वयमा नै संचालन भएको र समस्याहरू समाधानको लागि प्रयास हुने प्रतिबद्दता समेत ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने