भदौ १६, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । 

अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । 

अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुप"/>

2026-07-05 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री

भदौ १६, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । 

अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिनुभयो । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भन्नुभयो – “सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।” 

मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन पनि दिनुभयो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराउनुभयो । 

मन्त्री थापाले अस्पतालमा छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीलाई सघन उपचार कक्षमा भेट गर्नुभयो । सो अवसरमा श्रीमती अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गर्नुभयो । त्यसक्रममा एक वर्षदेखि बिग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै यन्त्रका लागि तत्काल पहल थालिने बताउनुयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै