सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स"/>
१ माघ २०८२, बुधबार
बझाङ्ग - BJN

१० रुपयाँमा फकाएर बलात्कार, बालिकाको अवस्था चिन्ताजनक

१६ भाद्र २०७३, बिहीबार १५:०८

सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । बलात्कारका आरोपी भने फरार छन् ।  

गत असारको १७ गते मौलाली गाविस ३ का १८ बर्षिय दिपेन्द्र जैशीले गाउँले फुपु पर्ने ११ वर्षकी सुस्त मनस्थितीकी बालिकालाई १० रुपैया दिन्छु भन्दै फकाएर स्थानिय बगरखोलामा लगेर बलात्कार गरेका थिए । बलात्कार पछि बेहोस भएकी बालिकालाई स्थानियले भेटेर उद्धार गरेपनि उनका बाबु घरमा नभएको र भोलीपल्ट आफन्तको विवाह भएकोले भाडिने डरले घटनालाई गुपचुप राखेको बताईको छ । 

पिडीत बालिकाका बाबु धनगढीबाट फर्केपछि साउनको महिना मात्र बलात्कारीलाई कारबाही गरीपाउँ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

बलात्कार पछि बालिकाको अवस्था दिनदिनै नाजुक बन्दै गएको रकम अभावमा उपचार गर्न नसकिएको बालिकाको परिवारले जनाएको छ । ‘योनीबाट रगत र गन्हाउने पानी बगेको बग्यै छ’ बालीकाकी भाउजुले भनिन् ‘दिशा पिसाब पनि आफै बग्ने र नरोकिने भएको छ’ बलात्कार भएको दिनदेखी उनले राम्रोसंग खाना पनि खान नसकेको उनले बताइन । 

पिडित बालिकाको स्वास्थ्य जाँच गराउदा पाठेघरमा असामान्य घाउ रहेको, हाइमन च्यातिएकोले अवस्था गम्भिर रहेको बताएको महिला अधिकार मंचकी अध्यक्ष उमा केसीले बताइन । उनले विद्यालयका शिक्षकहरुको मिलेमतोमा आरोपितको उमेर घटाउने काम गरेर सजाय घटाउने खेल भैरहेकोले समेत केसीले बताइन । महिला अधिकार मंचकै सहयोगमा पिडित बालिकाको स्वास्थ्य उपचार जिल्ला अस्पताल बझाङमा गरिएको थियो । 

यता जिल्ला प्रहरी कार्यालयले यो घटनाको मुद्धा अदालतमा दर्ता भैसकेको र आरोपितको खोजि कार्य भैरहेको जनाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार घटनाको जानकारी ढिलो गरी प्राप्त भएकोले आरोपित उम्कन सफल भएको हो । ढिलै भए पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी लागीरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव