2026-07-25 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा खटिने प्रहरीलाई हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत काटियो

वैशाख २७, काठमाडौँ | स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ । २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको छ ।

आर्थिक मन्दिका कारण सरकारले सुरक्षा निकायलाई दिइँदै आएको निर्वाचन सुरक्षा भत्ता कटौती गरेको हो । एकातिर भत्ता कटौतीको सामना गरिरहेको नेपाल प्रहरी अर्कोतिर हतियारदेखि सञ्चारसेटसम्मको अभावमा छ । 

निर्वाचनमा खटिँदा आवश्यक पर्ने साना हतियार नेपाल प्रहरीसँग नहुँदा नेपाली सेनाबाट मागेको छ । त्यस्तै झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव देखिएको छ । त्यसका लागि प्रहरीले पुराना बिग्रिएका मर्मत सम्भार गरेर काम चलाएको छ । त्यस्तै व्यक्तिगत फोनको प्रयोग गरेर समेत काम चलाइरहेको छ । 

निर्वाचनको मिति घोषणा भएसँगै प्रहरीले हतियार र सञ्चार सेट किन्नको लागि सरकारसँग माग गरेको थियो । तर, सरकारले माग बमोजिम बजेट नदिएपछि प्रहरीले सेनासँग हतियार मागेको हो । 

नेपाल प्रहरीमा हालै एक हजार २०० जति प्रहरी वरिष्ठ नायव निरीक्षक थपिएका छन् । थपिएका प्रहरी जुनियर अधिकृतहरूका लागि हतियारको अभाव भएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले केही थान सञ्चार सेट पनि नेपाली सेनासँग मागेर काम चलाइरहेको छ । सरकारले यस पटक निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने भत्तासमेत कटौती गरेको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका सुरक्षा कर्मचारीहरूलाई सात दिनको भत्ता उपलब्ध गराइएको थियो । तर, अहिले त्यो कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । 

सीमित स्रोत साधनका बाबजुत प्रहरी निर्वाचन सुरक्षामा खटिएको छ । सवारी साधन, हातहतियार, सञ्चार उपकरण लगायतका स्रोत साधानको अभाव देखिएको हो । अभावका बाबजुत व्यवस्थापन गरेर निर्वाचन सुरक्षाको काम भइरहेको प्रहरी प्रवक्ता केसीले बताए । 

देशभर रहेका १० हजार ७५६ मतदानस्थल छन् । तीमध्ये दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण गरिएको प्रवक्ता केसीले बताए ।  प्रहरीले उपत्यकाबाट नाै हजार ६०० प्रहरी बाहिरी जिल्लामा खटाएको छ । 

स्थानीय तह निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ । मंगलबारबाट नेपाली सेना र सशस्त्र प्रहरी हरेक मतदान केन्द्रमा खटिएका छन् । हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोबाइल गस्ती पनि थालेको छ ।

मंगलबारबाट गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता केसीले बताए । नेपाली सेनाले पनि हरेक पालिकामै पुरेर सुरक्षा गस्ती थालेको छ । बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक