पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३०, काठमाडौं | नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीले जानकारी दिए ।

साथै कांग्रेसका सभापति एवं सम्माननी प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘सभापति देउवाले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।