2026-07-24 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनजन्य हिंसाकाे हदम्यादबारे संसदीय समितिमा छलफल, थममाया भन्छिन्- हदम्याद त राख्नैपर्ने हुन्छ

जेठ ९, काठमाडौँ | संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ । सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको हदम्यादबारे पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ । 

यसैक्रममा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा हदम्यादबारे छलफल भएको हो । छलफलका क्रममा एमालेकी सांसद तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने धारणा राखेकी छन् । 

यौनजन्य हिंसा रोक्नका लागि सशक्त कानुन बनाउन सकिने भन्दै उनले भनिन्, ‘यौनजन्य हिंसामा हदम्यादै नराख्ने भन्ने कुरा भएन । हदम्याद त राख्नैपर्ने हुन्छ।’

पीडकलाई कडा कानुनी कारबाही र पीडतलाई न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी उनले यसका लागि आवश्यक परे कानुन परिमार्जन पनि गर्नुपर्ने बताइन् । 

पीडितले न्याय र पीडक उम्कन नपाउने गरी कानुन बनाउनुपर्ने बताउँदै सांसद थापाले यसका लागि कानुनी व्यवस्था कडा र कार्यान्वयनका इमान्दारिता हुनुपर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक