२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आम जनताका विकासमा अहोरात्र खट्ने छु: सांसद ढकाल

२०७२, ३० फाल्गुन आईतवार ०२:४३

dhakalफागुन ३०, रसुवा । रसुवाका सांसद जनार्दन ढकालले
आफु आम जनताका विकासमा अहोरात्र खट्ने बताउँनुभयो । लहरेपौवा गाविस भवन माझगाउँमा जिल्ला विकास समिति
रसुवाले गरेको कार्यको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमा उहाँले उक्त कुरा बताउनु भएको हो

जिल्ला विकास समिति रसुवा र स्वकास नेपालको सहयोगमा मानवअधिकार तथा सामूदायिक विकास स्रोत
केन्द्र रसुवाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सांसद जनार्दन ढकालले नागरिकले सरकारी
तथा गैर सरकारी निकायले गरेको काममा छिटो छारिता र पारदर्शी गुर्न पर्ने बताउँनुभयो । विनाकशारी भूकम्प
पछि आफुले बिभिन्न निकायसँगको समन्वय र सहयोगमा तत्कालको राहत र उद्धार गरेको बताउँनु भयो

उहाँले जिल्लावासीको हक, हितमा काम गरिरहेको बताउँनुभयो । सरकारले पुर्न निर्माणका काम थालनी
गर्न लागेकोले हाकु , लाङटाङलगायत विस्थापित क्षेत्रका नागरिकहरुलाई सरकारले एकीकृत बस्ती विकासको
अबधारणा ल्याउन लागेको सांसद ढकालले बताउँनुभयो । खानेपानी , सिंचाई , बाटोलगायतका विकासका योजनाका बारे
जनताका गुनासाहरु अनुसार योजना निर्माणमा लाग्ने बताउँदै उहाँले भूकम्प पछि जिल्लावासीको अवस्था नाजुक
भएकोले राज्यले चाँढै पुर्ननिर्माण थालनी गर्ने जानकारी दिनुभयो ।

सांसद ढकालले न्यानो राहत
बितरण बाँकी ठाउँ र जिल्ला भर बास्तविक रुपमा छुटेकाहरुको राहत बारे जिल्ला दैवी प्रकोप उद्धार समितिमा
तत्काल छलफल गरी समस्या समाधानका लागी पहल गरिने , यार्सा र स्याफ्रमा सडक निर्माण थालनी भएको र
रसुवागढी नाका ब्यवस्थित गर्ने तथा समग्र विकासमा आफु अहोरात्र खटेर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु
भयो । सामाजिक संजालमा केही ब्यक्तिहरुले गालीगलौज गर्ने र आरोप लगाएको भ्रममात्र भएको बताउँदै सांसदले
पहल गरेका विकासका योजनाहरु जिविसमार्फत आउने बताउँनुभयो ।

कार्यक्रममा जिल्ला विकास समितिका
स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोईरालाले विनाशकारी भूकम्प पछिको पुर्न निर्माण तथा नागरिकलाई
प्रदान गरिने सेवा सुबिधाहरु परदर्शी गर्ने सरकारी नीति अनुरुप कार्यक्रम आयोजना गरिएको तथा नागरिकका
सुझावहरु लिएर आगामी दिनमा कार्यक्रममा सुधार गर्ने र सुझावका आधारमा आमागी कार्य योजना तयार गर्ने
बताउँनुभयो ।

नागरिकका प्रश्नको जवाफ दिदै काईरालाले पुर्ननिर्माणका लागी बैकमार्फत सरकारले रकम
प्रदान गर्ने , गाविस सचिवहरु आउने क्रम जारी रहेको र उनीहरुलाई धम्क्याउने भन्दा पनि काम गर्ने बातावरण
बनाउनु पर्ने बताउँनुभयो ।

कार्यक्रमको उद्देश्य बारे जिल्ला विकास समितिका गणेश रेग्मीले
जानकारी दिनुभएको थियो । कार्यक्रममा भूकम्प पछिको राहत तथा पुर्ननिर्माण , भूमिअधिकारका समस्या सडक
निर्माण , आवास पुर्न निर्माण , सामाजिक सुरक्षा भत्ता समयमा नपाएको , कृषि , मन्दिर चर्च, गुम्बा
भत्केका सांँस्कृतिक संरचना पुर्न निर्माण विषयमा नागरिले प्रश्न गरेका थिए ।

सार्वजनिक
सुनुवाइमा हाकु गाविसबाट भूकम्प पछि बिस्थापित भएर आएका बोगटीटार क्याम्पका तर्फबाट लाक्पा तामाङले उचित
स्थानमा पुर्नवास दिनु पर्ने लगायतका माग समेटिएको ज्ञापन पत्र पेस गरे । भोर्ले गाविसका चुडामणि
पौडेलले एक गाविस एक सचिव हुनु पर्ने अन्यथा गाविस सहायकलाई अधिकार दिनु पर्ने बताए । सो कार्यक्रममा
नेकपा माओवादीका माधव तिम्सिनाले २३ करोड बजेट जिविसमा आउने र नीतिगत भ्रष्टाचार भएको आरोप लगाए

कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्चका चित्रकुमारी न्यौपाने, स्थानीय मनवीर कामी , राजेन्द्र
बिक, अर्जुन बिक , बालकृष्ण घिमिरे, भरत बिक, शान्ता ग्लान, चन्दबहादुर लोप्चन, सन्तेष आचार्य, महेश्वर
लामिछाने, हरिप्रसाद घिमिरे, जगन्नाथ आचार्य, बमबहादुर दमाई , मानवअधिकार तथा सामुदायिक विकास स्रोत
केन्द्रका अध्यक्ष हेमनाथ खतिवडा, विस्वास नेपाली लगायत स्थानीयले आफनो प्रश्न राखेका थिए । कार्यक्रममा
पत्रकार , सामाजिक संघ संस्था, सरकारी कार्यालयका प्रमुख, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधीहरु
सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा