२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

स्याउवारीमा पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ चैत्र २०७२, शनिबार १३:४९

संयोग नेपाल/ चैत १३ रसुवा । रसुवाको स्याउवारीमा आज सहभोज पुनर्मिलन तथा
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय शान्ति समिति रसुवाद्धारा आयोजित कार्यक्रममा
शशस्त्र द्धन्द्धका द्धन्द्धपिडितहरुसँग स्थानीय राजनितिक दल, स्थानीय शान्ति समिति तथा
सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया भएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको
प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले ११ बुदेँ स्याउवारी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा शान्ति सम्झौताको पालना गर्ने, द्धन्दलाई शान्तिमा रुपान्तरण
गर्ने, अहिलेसम्मको तिक्ततालाई मित्रतामा बदल्ने, राहत पुनस्थापना र न्यायको लागी सहयोग गर्ने, लगायतका
बुदाँहरु समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला
अधिकारी अधिकारीले, पिडितहरुको कुरा राज्यसम्म पु¥याउनको लागी पुलको रुपमा काम गर्दै नेपाल सरकारलाई
घच्घच्याउने बताउनुभयो । अहिलेसम्मका कुराहरुलाई भुल्दै अवको बाटोमा खुसीसाथ अगाडी बढ्नको लागी पनि
अधिकारीले अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रमका सभापति तथा
स्थानिय शान्ति समितिका संयोजक लामाकार्पु तामाङले राज्यले दिएको दायित्वहरुलाई आफुले जतिसक्दो छिटो
पिडितहरुसमक्ष पु¥याउने बिश्वास दिलाउनुभयो । सबै पक्षका साथीहरुलाई एकैठाउँमा देख्दा र सहभोजमा सहभागी
गराउन पाउँदा आफु एकदमै खुसी भएको कुरा पनि तामाङले बताउनुभयो ।

परिचयात्मक कार्यक्रमको क्रममा अधिकांश पिडितहरुले आफ्ना आफन्तहरुलाई सम्झिएर भावुक भएका थिए
। उनिहरुले आफ्ना आफन्तहरु बिनाकारण अनहाकमा मारिएको पनि बताएका थिए ।

स्थानिय शान्ति समिती रसुवाका संयोजक लामाकार्पु तामाङको सभापतित्वमा भएको कार्यक्रममा,
स्थानिय शान्ति समितीका पूर्व संयोजकहरु बिष्णु देवकोटा र माधव लामिछाने, रसुवा कांग्रेसका सभापति
पेम्वा छिरिङ तामाङ, रसुवा एमालेका अध्यक्ष कर्नेल लामा, एमाओवादी रसुवाका अध्यक्ष ईन्द्र गोतामे,
द्धन्द्धपिडितहरुको तर्फबाट सिला मगर, पवित्रा मोक्तान, रणप्रसाद न्यौपानेले आफ्ना भनाईहरु राखेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ