भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाह"/>
२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रहरी कार्यालय पर्बतको कार्यक्रममा कसले के भने ?

१९ भाद्र २०७३, आईतवार ०७:१०

भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाहना, अपराधमुक्त समाज हाम्रो कामना भन्ने नारा समेत उल्लेख थियो । कार्यक्रमको प्रमुख अतिथिमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी थिए । सभाहलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी व्यक्तित्व लगायतको सहभागीता देखिन्थ्यो ।

सोही कार्यक्रममा बोल्दै जिल्लाबाट विदाई भई जान लागेकी डिएसपी गंगा पन्तले जिल्लाको शान्तिसुरक्षाको स्थितिबारे बोल्दै जिल्लामा ठुला अपराधिक गतिविधि नभएको र सामान्य अपराधिक घटनाहरु बढी हुने गरेको भनाई राखिन् । उनले जिल्लावासीको साथ, सहयोग र माया पाएको समेत भन्न विर्सिइनन् । जनताको पहुँच प्रहरी कार्यालयमा पुराउन आफूले सक्दो प्रयास गरेको समेत उनको जिकिर थियो । कसैको दवाव र प्रभावबाट आफ्नो कर्तव्य पालनाको क्रममा कहिल्यै नचुकेको उनको दावी थियो । डिएसपी पन्तले जिल्लामा राजनीतिबाट धेरै कुरा प्रभावित हुने भएको बताईन् तर प्रहरी प्रशासनमा दवाव पर्यो या परेन बारेमा खुल्न चाहिनन् ।

त्यसैगरी सरुवा भई पर्वत आएका डिएसपी शेखर खनालले जनताको मायाँ र साथको सदैब आवश्यक पर्ने बताउदै प्रहरीको ज्ञानेन्द्रिय नाक, कान, आँखा भनेकै जनता हो भन्ने भनाई राखे । प्रहरी मेरो साथी भन्ने कुरालाई महत्व दिई प्रभावकारी कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्नेमा उनको जोड थियो । प्रहरीले गर्ने न्याय सम्पादनमा विभेद नगरिने उल्लेख गर्दै अपराध रोकथामको सवालमा कानून विपरित कुनै सम्झौता नगर्ने उनले प्रतिवद्धता गरे ।

प्रमुख अतिथि रहेका प्रजिअ शम्भुप्रसाद मरासिनीले सरकारले नागरिक केन्द्रित कायैशैली अपनाएको र अव माथिको आदेश भन्दा पनि स्थानीय जनताको चाहना अनुरुप तलबाट माथिसम्म कार्यलाई लगेर प्रभावकारी बनाउने भन्ने अवधारणा रहेको बताए । प्रशासनिक सेवामा आग्रह र पूर्वाग्राह नराखिने समेत उनको भनाई थियो । सामाजिक विसंगति र विकृति हटाउन आफूलाई दुःख परे टिकाटिप्पणी गर्ने तर अरुलाई परे खुशी हुने प्रवृत्ति सवैले त्याग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सहभागीहरुले प्रहरीले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्दै मुठ्ठीभरका केही व्यक्ति र गुटको प्रभावमा नपरेर सवै जनताको हित र पक्षमा प्रहरीले समान र न्यायसंगत ढंगले कार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका अध्यक्ष खिमप्रसाद भूषाल, नेकपा एमाले पर्वत उपाध्यक्ष भक्त कुँवर, उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, अधिवक्ता भोलानाथ शर्मा, ईन्सेक प्रतिनिधि किशोर सापकोटा, नागरिक समाज संजाल पर्वत अध्यक्ष राजेन्द्र पहाडी, प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष प्रनिश गिरी, पत्रकार गणेश पौडेल, शिक्षक शालिकराम पौडेल लगायतले आफ्नो भनाई र सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप