2026-10-15 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको अग्लो स्थान छुमचौर ज्यूलामा रोपियो मार्सी धान

जेठ १६, जुम्ला | जुम्ला किसनाले मार्सी धान रोप्न सुरू गरेका छन् । यसपटक  कृषि अनुसन्धान केन्द्रले पनि किसानलाई बिउ वितरण गरेको  छ । जुम्लाका किसानलाई यसपटक  रोगमुक्त कालीमार्सी धानको बीउ वितरण गरेकाे हो ।

कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका-३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ  ।

लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्‍याउन छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान रोपिएको छ  ।छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाईमा कालीमार्सी धान फल्ने स्थान हो । तर, अहिले यो ज्यूलोमा वर्षमा एक बाली गहुँ वा सिमी, मकै, आलुमात्रै लग्ने गर्छ । फाटफुट रुपमा यो ज्यूलोमा धान रोपिने गरे पनि एक दशकदेखि यहाँका किसानले धान रोप्ने गरेका छैनन् । 

स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेकाले धान रोप्ने छोडिएको हो । उनले भने, ‘धान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटी यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो । 

धानभन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाईका लागि हली, बाउसे, रोपहार नपाउने हुँदा धान रोप्न छोडेको उनले बताए ।

काली मार्सी सूचिकृत छैन

किसानहरूका अनुसार पहिला पहिला १४ बोरा धान फल्ने ठाउँमा अहिले ५० केजी पनि हुन छाडेकाे छ । सरकारले पनि विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानलाई सूचिकृत गरेकाे छैन ।

कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी ब्लाष्ट रोगका कारण उत्पादन कम हुने गरेकाे छ । छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त बनाएर बिउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए । 

केन्द्रले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीमाथि अनुसन्धान गरिरहेकाे छ । यस्तै, हिउँदे बाली जौ, गहुँ, मुसुरो, चौली जौमाथि पनि केन्द्रले अनुसन्धान गरिरहेकाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने