२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा विकास फैलाउँदै सासंद् ढकाल

२०७२, १९ चैत्र शुक्रबार १०:२०

sansad dhakalचैत १९, रसुवा
पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित सासंद् जनार्दन ढकालको प्रयासमा विकासको
ढोकाहरू खुल्दैछन् । रसुवा आफैंमा बागमती अञ्चलको कर्णालीका रुपमा चिनिएको छ ।

हालसम्म करोडमाथिका योजना आएका थिएनन । तर जिल्लाबाट निर्वाचित तथा विकास प्रेमी नेता
जनार्दन ढकाल अहिले गाउँ-गाउँमा विकास निर्माण गर्न अहोरात्र खटिरहेका छन् ।

सांसद कालको पहलमा गाउँगाउँमा सडक, खानेपानी, विद्यालय तथा सामुदायिक भवन लगायतका
विकास निर्माणको कामले तिव्रता पाउँदै छ । जिल्लाको हरेक गाउँमा सडक, विजुली, खानेपानी र अन्य क्षेत्रको
विकास गर्नको लागिदिन–रात संसद जनार्दन ढकाल खटिइरहेका छन् ।

सासंद् ढकालकै प्रयासमा अर्थमन्त्रालयबाट करोडौं बजेट विनियोजन भई सडक निर्माण तथा भवन
निर्माणको कामहरू अघिबढेको छ । सासद् ढकालका अनुसार कोलेडाँडा–आपचौर–चिति–खाल्चेत–किचार्जुङ्ग–घुम्ती
सडक कालोपत्र गर्नको लागि २० करोड ५१ लाख, ठूलो भार्खु–ठूलो स्याफ्रु सडकका लोपत्रे गर्न ८ करोड ६२ लाख
र ठूलो भोर्ले–बाँसभन्ज्याङ–पार्टीखर्क–पार्च्याङट्रयाक खोल्नको लागि ३ करोड रुपियाँ विनियोजन भएको छ

यस्तै धैबुङ ५ कालिकास्थानमा सभाहल सहितएकीकृत सेवा केन्द्र
भवननिर्माणगर्नको लागि ८ करोड बजेट विनियोजन भएको छ । यसको निर्माणकार्य सुरु भएको छ । यस्तै
रोङ्गा–गोल्जुङ–गत्लाङ सडकको लागि ४ करोड २० लाख रुपियाँविनियोजन भएको छ ।

यीबाहेक सासंद् ढकालकै प्रयासमा गल्छी–मैलुङ्ग–स्याफ्रुबेशी सडकलागि १ अर्ब १० करोड ३४ लाख
विनियोजन भएको छ । यसको निर्माणजिम्मा नेपाली सेनाले लिएको छ । २ वर्षभित्र दुई लेनको सडक निर्माण गरी
चीन–नेपालको व्यापारलाई तिव्रता दिनको लागि यो सडक महत्वपूर्ण हुने बताइएको छ । यसले रसुवा जनताको मुहार
त फेरिने नै छ साथै राष्ट्रिय विकासमा समेत ठूलो योगदान पुग्नेछ ।

rasuwa denlopment

यस्तै स्याउबारी–लौकिल–यार्सा सडकको लागि पनि सासंद् ढकालको पहलमा १५
करोड, बेत्रावती–कालिकास्थान–धुन्चे सडकको स्तरोउन्नतीको लागि १२ करोड बजेट विनियोजन भएको छ । साथै
रसुवामा एकीकृत भन्सार स्थापनागर्नको लागि पनि करिव १ अर्ब रुपियाँ विनियोजन भई निर्माणकार्य सुरु भएको
छ । यस्ता योजनाले जिल्लामा खुशीको संचार छाएको छ ।

नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका
विकास प्रेमी सासंद् जनार्दन ढकालले चुनावमा जनतासँग गरेका बाचाहरू पुरा गर्दै भएको र जनतालाई खुसी
बनाउन अहोरा त्रखटिरहेको स्थानीयबासिहरू बताउँछन् । रसुवाबासी भन्छन्, हामीले अपेक्षा गरेको भन्दा पनि
ठूलाठूला विकासका मुलहरू जिल्लामा सासंद् ढकालले ल्याइएरहेका छन् जुनहामी रसुवाको लागिज्यादै गौरवको
विषयहो ।

सासंद् ढकाल भन्छन्, म रसुवा जनताको चाहना पुरा गर्न र
रसुवाको विकास गर्नको लागि जुनसुकै काम गर्नको लागि अहोरात्र खटिने छु, मेरो सपना छ रसुवा समृद्ध बनाउने
ढकालले भने ।

उता यार्सामा सडक पु¥याउन उयोजना सुचारु भएपछि
स्थानीय निकै उत्साहित भएका छन् । सभासद ढकालले प्राथमिकतामा राखेर योजना छनौट भएपछि चाँढै गाउँमा मोटर
गुढ्ने भयो स्थानीय लायुल तामाङले भने ‘गाउँले धेरै खुशी भएर सडक निर्माणमा जुटेका छन् चाँढै हाम्रो
दुर्गम गाउँमा पनि गाडी पुग्छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु