भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित"/>

2026-07-05 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भपतन गराएकी महिलाको अवस्था गभ्मीर

भदौ १९, खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । 

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित्सकहरुकै सल्लाहमा सोही दिन गर्भपतन गरिएको थियो । शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको अवस्था अहिले गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 

गर्भपतन गराउने क्रममा चिकित्सक सन्तोष साहको लापरवाहीले श्रीमतीको ज्यान जोखिममा परेको उहाँका पति चन्द्र किरात राईले बताउनुभयो । “हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौं,” श्रीमतीसँगै अस्पताल आउनुभएका राईले भन्नुभयो, “गर्भपतन गरिसकेपछि तत्काल बाहिर लैजान भन्यो । अहिले ज्यानै खतरामा परेको छ ।” 

आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौँ पठाउन आफन्तले खानीडाँडा विमानस्थलसम्म पु¥याएका थिए । मौसममा आएको खराबीका कारण हवार्ईजहाज नआएपछि उनलाई पुनः अस्पताल नै फर्काइएको छ । 

शल्यक्रियापछि निरन्तर रगत बगेर टलकुमारी अस्पतालको शय्यामा छट्पटाई रहनुभएको छ । सात जनाकी आमा टलकुमारीले आँखाभरि आँसु पार्दै भन्नुभयो – “अब म मर्ने नै भएँ । मेरा सात जना छोराछोरी छन् । उनीहरुको बिचल्ली हुनेभयो ।” 

योनीबाट निरन्तर रक्तस्राव हुनुका साथै टलकुमारीको पेट अत्यधिक फुलेर बस्न नमिल्ने भएको छ । उहाँको श्वासप्रश्वासमा पनि समस्या रहेको र शरीरमा रगत सकिएकाले रगत र हावा दिने काम भइरहेको अस्पतालले जनाएको छ । 

यस विषयमा कुरा गर्न खोज्दा शल्यक्रिया गर्ने चिकित्सक साहसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । अस्पतालका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले टलकुमारीलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान अनुरोध गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै