२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के नेपालमा उडानअघि हवाईमार्गको मौसमी अवस्था थाहा पाउन सम्भव छ,प्राधिकरण के भन्छ?

२०७९, २० जेष्ठ शुक्रबार ११:१०

जेठ २०, काठमाडौं | आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले उडान योजना पेस गर्दा हवाईमार्गको मौसमसम्बन्धी ताजा जानकारी पनि समावेश गर्नुपर्ने नियम कार्यान्वयन गर्न जटिलता उत्पन्न भएको अधिकारीहरू तथा वायुसेवा कम्पनीहरूले बताएका छन्। वायुसेवा कम्पनीका अधिकारीहरूका अनुसार "सरकारी निकायबीच नै समन्वयको अभाव" देखिँदा उक्त निर्णय कार्यान्वयन असहज भएको हो।

उक्त निर्णय कार्यान्वयन गराउने निकायका सरकारी अधिकारीहरू भने सुरुमा केही जटिलता देखिए पनि क्रमश: सम्बोधन भइरहेको र नियम कार्यान्वयन सहज बनाइने बताउँछन्।मौसमसम्बन्धी जानकारी उपलब्ध गराउने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले चाहिँ "जनशक्ति र प्रविधि"को अभाव रहेको बताएका छन्। उड्डयन क्षेत्रका विज्ञका दृष्टिकोणमा भने उक्त नयाँ सरकारी नियम "अपरिपक्वजस्तो" देखिएको छ।

मौसमका कारण हवाई उडान प्रभावित – London Nepal News

नयाँ नियममा के छ

गत आइतवार २२ जनाको ज्यान जानेगरी पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त नयाँ नियम लागु गरेको थियो। उसले दुर्घटना न्यूनीकरणका लागि भन्दै गत मङ्गलवार चारवटा निर्णयहरू गरेको थियो।

तर तीमध्ये एउटा इन्जिनयुक्त हेलिकप्टर उडाउन पनि दुईजना चालक अनिवार्य बनाउने विषयमा वायुसेवा सञ्चालकहरूले तत्कालै विमति जनाएका थिए। त्यस्तै अर्को मौसमसम्बन्धी नयाँ नियमले पनि उडानलाई प्रभावित पारेको विमान सेवा सञ्चालकहरूको भनाइ छ।

उक्त नयाँ नियममा भनिएको छ, "वायुसेवा कम्पनीहरूले 'एटीएस रिपोर्टिङ अफिस' वा सम्बन्धित एकाइमा उडान योजना पेस गर्दा गन्तव्य तथा मार्गको मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभागबाट सङ्कलन गरी पेस गर्नुपर्ने छ र उक्त विवरणअनुसार मौसमी अवस्थाअनुकूल भए मात्र 'एटीएस रिपोर्टिङ अफिस' वा सम्बन्धित एकाइले उडान अनुमति स्वीकृत गर्नुपर्ने छ।"

प्राधिकरणको उक्त नियम सकारात्मक हुँदाहुँदै पनि सरकारी निकायबीच समन्वय नहुँदा आफूहरूले समस्या भोगेको एउटा वायुसेवा कम्पनीका अधिकारीले बताए।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, "नियम आफैँमा राम्रो हो तर समन्वय अभाव देखिएको छ। त्यसले गर्दा हामीले मौसम विभागबाट रिपोर्ट नपाउँदा बिहीवार पहाडी क्षेत्रमा प्राय: सबै उडान रद्द गर्नुपर्‍यो।"

उनले विमानस्थलस्थित जल तथा मौसम विज्ञान कार्यालयले आफूहरूलाई त्यस्तो विवरण दिन नसकिने जानकारी गराएको तर शुक्रवार बिहान भने क्षेत्रगत विवरण दिएको र त्यसैका आधारमा उडान सुरु गरिएको बताए। उनले भने, "यसले हतारमा निर्णय गरियो तर समन्वयको अभाव भएको देखायो।"

मौसम विभागको आफ्नै 'गुनासो'

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू प्राधिकरणले भनेजस्तो खालको सबैखाले उडान मार्गको विस्तृत मौसमसम्बन्धी विवरण दिने कार्य सहज नभएको बताउँछन्।

विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, "… त्यही इनरूट दिन पनि अलिकति अप्ठ्यारै हुन्छ किनकि एकदम लोकल प्रकारको मौसम हुन्छ र हामी त भित्र खोँचबाट जाने हो, अन्तजस्तो सजिलो त होइन।"

"त्यस्ता खोँचहरू धेरै छन् नेपालमा, त्यसैले त्यो ठाउँविशेषको दिन गाह्रै होला। तर हामीले अहिले तल्लो सतहको केही दिन सकिन्छ कि भनेर काम गरिरहेका छौँ।"

अधिकारीहरूका भनाइमा अहिले पनि विभागले अन्तर्राष्ट्रिय उडानका लागि १५,००० फिटभन्दा माथिको उडानमार्गको मौसमी विवरण पनि दिइरहेको छ। तर त्यसभन्दा तलको विवरण भने दिनलाई प्राविधिक रूपमा पनि चुनौतीपूर्ण हुने धारणा उनीहरूको छ।

"प्राविधिक जटिलताहरू पनि छन् र मुख्यत: जनशक्तिकै समस्या हो," उनले भनिन्। तर विभागले अहिले छलफल गरेर क्षेत्रगत विवरण भने उपलब्ध गराउन थालेको उनको भनाइ छ।

त्यस्तो क्षेत्रगत विवरण भनेको कुनै प्रदेश वा त्यस क्षेत्रको मौसम हेरेर त्यसकै जानकारी दिनु भएको उनको भनाइ छ।

समग्र मौसमी विवरणमा भने यसअघि पनि विभाग तथा त्यसअन्तर्गत रहेका कार्यालयहरूको पूर्वानुमानलाई आधार मानेर वा सम्बन्धित विमानस्थलका टावरका प्राविधिकहरूले आँखैले हेरेको आधारमा उडान गर्ने गरेको जानकारहरू बताउँछन्।

हिमाली क्षेत्रमा हेलिकप्टर

प्राधिकरण के भन्छ?

नयाँ नियम लागु गर्ने प्राधिकरणका अधिकारीहरूले भने उक्त निर्णय कार्यान्वयनका क्रममा केही "अलमल" देखा परेको भए पनि त्यो "समाधान" भइसकेको बताएका छन्।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भने, "बीचमा केही कन्फ्युजनहरू भए। मौसम विज्ञान विभागले हरेक आधा घण्टामा विमानस्थलहरूलाई जानकारी दिएकै छ। कुनै चरम मौसम हुन लाग्दा तत्काल जानकारी पनि दिइन्छ।"

"यो हाम्रो पचासौँ वर्षदेखिको सहकार्य हो। मात्र के हो भने- अलिकति बढी हामीले खोजेको। हामीलाई पनि पहुँच छैन र उहाँहरूसँग पनि पहुँच छैन, त्यसका लागि उहाँहरूले उपायहरूको खोजी गरिरहनुभएको छ।"

उनले विभागले आफूहरूको सहयोग खोजेमा त्यसका लागि पनि आफूहरू तयार रहेको बताए। कर्णले भने, "हामी कसरी सहयोग गर्न सकिन्छ भनेर पनि छलफल गरिरहेका छौँ। अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्न सक्छन्।" बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो