जेठ २२, तनहुँ | तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु
Leave a Comment