भदौ २०, म्याग्दी । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् । 

बाँसबोट र लिस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, म्याग्दी । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् । 

बाँसबोट र लिस्"/>

2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जमिन चिरा परेपछि स्थानीयवासी त्रसित

भदौ २०, म्याग्दी । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् । 

बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी टीका पुर्जा मगरले बताउनुभयो । उहाँका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयवासी १० घरपरिवारले बेग गाउँमा आफन्तको घरमा सर्ने तयारीसमेत गरिसकेका छन् । 

अविरल वर्षाको कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम झनै बढेको स्थानीयवासीले बताएका छन् । 

यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुङ्गेपुलमा समेत खोलामा आएको बाढीले क्षति पु¥याएको छ भने पहिरो र बाढीले बालबालिकालाई समेत विद्यालयमा आवतजावत गर्न समस्या सृजना भएको छ । हालसम्म बेगखोला गाविसमा गाविस–६ का ११ घरधुरीसहित बाढी र पहिरोले १५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । 

पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको वडा नम्बर ४ का नगेन्द्र विक, वडा ६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय शिव प्राथमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले बेगखोलाकै कृष्ण निमावि बाँदुकमा कक्षाकोठा भवन भत्किएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई