नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी कि"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बालबालिकाको सुरक्षा गरीदिन स्वराडका जनताको आग्रह

२०७३, २० भाद्र सोमबार १२:०३

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई भेटी उनिहरुले बालबालिकाको सरक्षा गरीदिन आग्रह गरेका हुन् । जिल्लाको तल्लो स्वराड क्षेत्रमा दुई वर्ष यता चितुवाले २२ जनाको ज्यान लिईसकेको छ । 

जसमध्ये २० जना बालबालिका छन् । भने दुई महिलाको चितुवाको आक्रमणमा परि ज्यान गएको छ । ०७३ भाद्र महिनाको २० गते सम्ममा मात्रै चितुवाले दुई बालिकाको ज्यान लिएको छ । आगनमा खेलिरहेको अवस्थामा उदयदेव गाविसमा वडा नं. २ र ९ का ७ वर्षिय चन्चला चन्द र ४ वर्षिय अञ्जली चन्दको चितुवाको आक्रमणमा परी ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंक मच्चाईरहेको नरभक्षी चितुवा मार्न ०७३ भाद्र १९ गते स्थानीय प्रशासनले १५ जनाको प्रहरी टोली हतियार सहित खटाएको छ । टोलीले ०७३ भाद्र २० गते बिहानै देखि आफ्नो कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । सोही निर्णय अनुसार हतियार सहितको प्रहरी टोली तल्लोस्वराडको उदयदेवमा पुगेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिए ।

उक्त क्षेत्रमा चितुवाले दिनानुदिन बालबालिकाको ज्यान लिन थालेपछि बाहिर जान समेत समस्या भएको स्थानीय करन दयालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से