२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०७९, २७ जेष्ठ शुक्रबार ०९:३५

जेठ २७, काठमाडौँ | सुनसरी, बारा, सप्तरी, महोत्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित सडकमा यूपी ५७ एटी ३८३७ नम्बरको ट्रकले को.२८ प ८५४४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–२० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा ना.१ ज ७७६६ नम्बरको म्याजिकले ना.५३ प ९१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने  ३६ वर्षीय सदाम हुसेन ठकुराइ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामास्थित सडकमा ना.२ ख ९२१० नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साईकलयात्री सोही नगरपालिका–३ बरमझियाको तत्मा टोल बस्ने ३० वर्षीय चन्देश्वर दास रहेका छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एमडिएस अस्पताल रुपनगर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

महोत्तरीको बर्दिवास नगरपालिका–३ कारेभोगटे पुलमा ना.५४ प ८९५४ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्य कुमार मिस्त्री रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोलास्थित सडकमा बा.५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर