२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

२९ जेष्ठ २०७९, आईतवार ०८:२१

जेठ २९, बैतडी | बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ताे हात घर फर्किन बाध्य भए । कारण- दिनभर लाइनमा बसेपनि पालो नै आएन । र अन्तिममा दुई दिन सार्वजनिक बिदा रहेकाले सोमबार आउन भनियो ।


भौगोलिक विकटता र बैंकिङ झन्झटका कारण दुःख भएको लाभग्राहीको गुनासो छ । सिगासको वडा न.५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुईदेखि तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

वडास्तरमै भत्ता पाउने व्यवस्था गर्न सिगासका लाभग्राहीको माग छ । अहिले गाजरीमा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षाभत्ता बुझ्न समस्या भइरहेको छ । तीन देखिचार महिनाको भत्ता एकैपटक निकासा हुँदा बैंकहरूमा भत्ता बुझ्नेको भिड लाग्ने गर्दछ । 

वृद्ध कालु लुहारले भने, ‘अहिले मात्र नभई बिरामी परेका बेला, बर्षातका बेला र हिउँ परेका बेलासमेत हामी यसैगरी भिरपाखाको बाटो भएर भत्ता बुझ्न आउँछौँ, बुढेसकालमा भत्ता बुझ्न धेरै दुःख पाइन्छ ।’

विगतमा वडा कार्यालयबाटै वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंकिङ प्रणालीबाट वितरण हुन थालेको हो । 

बिजुली नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । बैंकमा बिजुली र भरपर्दो इन्टरनेट नहुदाँ समस्या छ । त्यहाँ बैंक खुलेको केहि समय त इन्टरनेटले कामै नगर्दा कारोबार हुनै सकेको थिएन। अहिले सोलारबाट कामकाज गरिन्छ । तर, घाम नलागेको दिन काम गर्न सकिदैन,'  बैंकका शाखा प्रमुख साउदले भने ।

सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान