2026-06-17 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टावरमा चढेका मानिसको उद्धारमा आठ घण्टा किन लाग्यो?

जेठ २९, काठमाडौँ | नुवाकोटमा त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिको आठ घण्टा लागेको उद्धारले नयाँ खालका आपत्कालीन अवस्थाको पूर्वतयारीबारे पाठ सिकाएको अधिकारीहरूले बताएका छन्। मानसिक स्वास्थ्य समस्याबाट पीडित भनिएका ती व्यक्ति शनिवार साँझको उद्धारपछि काठमाण्डूमा एउटा परोपकारी संस्थाको संरक्षणमा छन्।

बिहान करिब ११ बजे प्रसारण लाइनको टावरमा चढेका ती व्यक्तिलाई साँझ करिब ७ बजे नेपाली सेनाको टोलीले उद्धार गरेको थियो। सो समयावधिमा ६० मेगावाटको प्रसारण लाइनमा विद्युत् आपूर्ति काटिएको थियो जसले गर्दा एक करोड रुपियाँभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।


अधिकारीहरू के भन्छन्

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार पछिल्लो घटनाबाट 'धेरै कुरा सिकिएको' छ।

पोखरेलले भने, "टावर बनाउँदै त्यसमा मानिसहरू चढ्न सक्छन् त्यही भएर त्यसो हुन नदिन के गर्ने भन्ने सोच बनाउनुपर्ने रहेछ।" "टावरलाई काँडे तारले घेर्ने वा टावरभित्रै काँडे तारहरू राख्न सकिन्छ। यो चाहिँ विद्युत् प्राधिकरणले ठेक्काको समयमा नै विचार गर्नुपर्छ।"

यस्ता खालका घटनामा उद्धार गर्ने सामग्रीहरूको पनि अभाव रहेको आफूलाई लागेको उल्लेख गर्दै पोखरेलले जिल्लामा रहेका सुरक्षा फौज र विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई पनि उद्धारको तालिम दिन सकिने बताए।

उनले थपे, "उद्धार पनि थरीथरीका हुँदा रहेछन्। योसँग सम्बन्धित उद्धारको पनि तालिम दिनुपर्ने देखियो। अब टेलिफोनको टावरहरूमा मानिसहरू फसे भने के गर्ने त्यो पनि सोच्नुपर्छ होला।"

नेपाल प्रहरी सहितका सुरक्षा निकायले घण्टौँसम्म प्रसारण लाइनको टावरबाट तल झर्न अनुरोध गर्दा नमानिरहेका ती व्यक्तिलाई साँझ नेपाली सेनाको विशेष फौज बाहिनीबाट खटिएको चार सदस्यीय टोलीले उद्धार गरेको थियो। साँझ ६ बजेर ३० मिनेटमा काठमाण्डूबाट उडेको नेपाली सेनाको हेलिकोप्टर १० मिनेटमा घटनास्थल पुगेको सेनाले बताएको छ। त्यहाँ पुगेको १० मिनेटमा नै उक्त टोलीले ती व्यक्तिलाई टावरबाट तल झारेर जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अधिकारी के छन्

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार यो घटनाले बलियो उद्धार टोली आवश्यक रहेको देखाएको छ।

उनले भने, "अहिलेको घटना काठमाण्डू नजिकैको ककनीमा भयो। दार्चुलामा भएको भए के हुन्थ्यो। त्यही भएर तयार अवस्थामा हेलिकोप्टर पनि चाहिने रहेछ।"

"यस्तो घटनाहरू हुन सक्दो रहेछ भन्ने देखिएकाले त्यही अनुसारको जनशक्ति र स्रोतसाधनहरू पनि तयार राख्नुपर्ने देखियो।"

उनले ती व्यक्ति टावरमा चढेका कारणले गर्दा नौ घण्टा ६० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने पानी खेर गएको सुनाउँदै त्यही परिमाणमा विद्युत् खरिद गर्नुपरेको बताए।

त्यसबाट एक करोड रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ।

उनले विद्युत् प्राधिकरणले टावरहरू जडान गर्ने र मर्मत गर्ने जस्ता प्राविधिक काम गर्दै आएको भन्दै त्यहाँ फसेका मानिसहरू उद्धार गर्न आफूहरूसँग जनशक्ति नभएको बताए।

उनी थप्छन्, "हामी तारहरू तान्न सक्छौँ तर मानिसहरू तान्ने हामीसँग दक्षता हुँदैन। र त्यस्तो मानवश्रोत पनि हामीसँग छैन।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ