४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

३० जेष्ठ २०७९, सोमबार ०६:१३

जेठ ३०, मुगु | डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरीसिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।      

जंगली जनावर चोरीसिकारी आरोपमा उनीहरूविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍याे । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक साधारण तारेखमा छुटे । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए । 

घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावा छोर्देनले बताए । उनले घोरल मारेको र घर नजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित चारजनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आपतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महताराले बताए । 

वन्यजन्तुलाई हानिनोक्सानी पुर्‍याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । कुकुर सिकारी हो, त्यसलाई छाड्यो भने घर फर्किन्छ । त्यसले फेरि जंगली जनावर मार्छ । यस्तोमा राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने नियम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ