हेमन्त केसी/भदौ २१, जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । 

जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेमन्त केसी/भदौ २१, जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । 

जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाक"/>

2026-07-05 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्तामा तीन सुत्केरीको मृत्यु

2016-09-06

हेमन्त केसी/भदौ २१, जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । 

जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको बस्तीका हुन् । जिल्लाका अधिकांश बस्ती स्वास्थ्य संस्थाको पहुँचभन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यु हुने गरेको छ । 

स्वास्थ्य संस्था टाढा भएकै कारण नियमित गर्भ परीक्षण गर्न नसकिएको दुर्गम क्षेत्रका महिला बताउँछन् । यहाँका अधिकांश दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच पनि नभएको अवस्था छ । फोन गर्नका लागि घन्टौ  हिँड्नुपर्ने बाध्यता छ । बिहानै हिँड्दा बेलुका मात्र स्वास्थ्य संस्था पुग्ने अवस्था छ । 

स्वास्थ्य संस्था पुगे पनि औषधि नपाउँदा स्थानीय औषधि पसलकै भर पर्दा निकै तनाव हुने गरेको रग्दा ध्यारगाउँका शेरबहादुर ध्यारले बताउनुभयो । गम्भीर बिरामीलाई पर्याप्त स्ट्रेचर नहुँदा निगालाबाट निर्माण गरिएको डोको काटेर त्यसैमा बोकी घन्टौँ लगाएर स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेको ध्यारले बताउनुभयो । दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच नहुँदा कुन कार्यक्रम कति बेला हुन्छ केही थाह नहुने गरेको दहका हिमाल घर्तीले बताउनुभयो । 

गर्भवती भए पनि नियमित रुपमा गर्भ जाँच नै नगर्ने गरेको पाइएको छ । गर्भवतीले चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । यसबीचमा नियमित रुपमा आवश्यक पर्ने फलफूल, गेडागुडी अनि आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि यी काम गरिबीका कारण उपभोग गर्न नपाइएको महिला बताउँछन् । “बिहानबेलुका पेटभरि खाना पाए त कत्ति खुसी हुने थियौंँ कहाँको पौस्टिक तत्व ?” झार्पा– ५ की सुमित्रा बुढाले प्रश्न गर्नुभयो । 

जिल्लाका दुर्गम गाविसमा सात महिनाभन्दा बढी खाद्यान्न अभाव हुन्छ । पुरुष कमाइ गर्न भारत लाग्नुपर्ने र महिला तथा बालबालिका मात्र घरमा बस्दा सबै भएभरको काम र छिमेकीको सहयोग सबै गर्नुपर्ने भएकाले सोचेको कुरा कहिल्यै पूरा नभएको दुर्गम क्षेत्रका महिला बताउँछन् । 

गर्भवतीले निःशुल्क आइरन चक्की सरकारी स्वास्थ्य संस्थामा कहिल्यै पाउँदैनन् र त्यहाँ हुन्छ भन्ने पनि थाहा नभएको नायकबाडा धुमाकी कालिका चलाउनेले बताउनुभयो । “शरीरमा एक जोर नयाँ कपडा लगाउन पाए त कत्ति खुसी हुने यहाँका महिलालाई माछा, मासु खानाका लागि ठूला चाडपर्वकै मुख ताक्नुपर्ने अवस्था छ” भगवती गाविस फम्दाकी डिल्लीमाया नेपालीले दुःखेसो व्यक्त गर्नुभयो । 

दुर्गमका स्वास्थ्य संस्थामा नियमित औषधि पनि नहुँदा स्थानीयवासीले सरकारी स्वास्थ्य संस्थाभन्दा निजी मेडिकलको भर पर्नुपर्ने बाध्यता रहेको खगेनकोट– ५ का रामप्रसाद खत्रीले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो “हामी बसेको ठाउँबाट स्वास्थ्य चौकीमा जान र आउन मात्र छ घन्टाभन्दा बढी हिँड्नुपर्छ, कसरी उपचार सम्भव छ, त्यसैले हामी नजिकैको औषधि पसलमा गएर भए पनि महँगो सेवा सुविधा लिन बाध्य भएका छौ ”। 

दुर्गम गाउँमा अहिले पनि देवीदेवता रिसाउने डरले सुत्केरीलाई नौ दिनसम्म गाईभँैसीका गोठमा राख्ने चलनले सुत्केरी र नवजात शिशुको अवस्था नाजुक बन्ने गरेको छ । सुत्केरीलाई दही, दूध, घिउ दिएमा देवीदेवता रिसाउने भन्दै नौ दिनसम्म नदिने र कसैले पनि सुत्केरीलाई नछुने भएका कारण अधिकांश सुत्केरीको अकालमै ज्यान जाने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै