असोज ३०, काठमाडौँ । पर्साको बहुआर्वा भाठा
गाविसमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर र ५
राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
मधेशी मोर्चाका
कार्यकर्ताले शुक्रबार राति पर्साको बहुअर्वा भाटाबाट चामल लोड गरिएको २ वटा ट्रक प्रहरीले स्कटिङ गरी
काठमाडौं पठाएको भन्दै स्थानियवासीले चामलमिल माथी जाइलागे पछि झडप भएको थियो । प्रहरीले स्कटिङ गरेर
गएराति बहुअर्वाभाटास्थित गणेश खाद्य उद्योगबाट २ वटा ट्रकमा चामल लोड लागि रहेको अवस्थामा स्थानीयले
रोक्ने प्रयास गरेको थियो ।