२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मन्दिरको जग्गामा भू-माफियाको आँखा

६ असार २०७९, सोमबार ०६:५५

असार ६, मुगु | मुगुकाे छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ । 

मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो । कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ ।


छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ ।

दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ ।  भू-माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नाै रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए ।

 मन्दिरको जग्गा पहिला नाै रोपनी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको उनले बताए ।  

 पहिलाको मन्दिर व्यवस्थापन समितिले जग्गा अतिक्रमित भए पनि कुनै पहल नगरेकामा अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु