२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलको कस्तो छ तयारी?

२०७९, १४ असार मंगलवार ०६:१८

असार १४, काठमाडौं | मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ । 

सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ । हालसम्म २ हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ । 

विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाडौं उपत्यका भित्र दुई स्थानसहित सातवटै प्रदेशमा विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । 


सशस्त्र प्रहरी बलको सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोप प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित चौबिसै घण्टा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । 

‘विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्नेगरी तयारी हालतमा राखिएको साथै काठमाडौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं.२० गण मुख्यालयलाई तयारी हालतमा राखिएको,’ सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौं, कैलाली, पोखरामा रहेका एपिएफ फ्यूल स्टेशनहरुलाई मनसुनको समयमा हुन सक्ने फ्यूल अभाव व्यवस्थापन गर्न फ्युल स्टक राख्ने गरिएको समेत सशस्त्र प्रहरीले जनाउको छ । 

‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रादेशिक आपतकालिन कार्य संचालन केन्द्रहरु तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रहरुमा आवश्यकता अनुसार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको,’ विज्ञप्तिमा उल्लेख छ । 

सशस्त्र प्रहरीको विभिन्न यूनिटहरुमा रहेका हेभि ईक्यूपमेन्टहरु तयारी हालतमा राखिएको छ । 

गोताखोर तालिम प्राप्त ५६ जना सशस्त्र प्रहरीका कर्मचारीहरुलाई विभिन्न क्षेत्रमा हुन सक्ने जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज होस भन्ने उद्धेश्यका साथ प्रदेश नं. १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेश को पोखरा, लुम्बिनी प्रदेशको शमशेरगंज र सुदुर पश्चिम प्रदेशको कैलालीमा गरी जम्मा ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा राखिएको छ ।

पानी जन्य विपद्हरुमा उद्धार कार्य गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालको ३४ वटा कार्यालयहरुको २६ जिल्लाहरुमा ५५ वटा उद्धार बोट र १० जिल्लामा १६ वटा मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, प्रत्येक बाहिनीमा कम्तिमा १ प्लाटुन ‘डेडिकेटेड’ विपद् उद्धार टिम, सानो युनिटमा सेक्सन र ठुलो युनिटमा प्लाटुन स्तरमा टोली तयारी अवास्थमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ