2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्लो अप: फैलाउदै छन् मेडिकलवालाहरु क्यान्सर लाग्ने खतरनाक विकिरण

भदौ २२, पर्बत । कानूनी स्वीकृति नलिई खुलेआम स्वास्थ्य सेवा प्रदान गर्दै आएका पर्वतका मेडिकलवालाहरुले क्यान्सर जस्तो रोग लाग्ने खतरनाक विकिरण फैलाउदै छन् । 

कुश्माका केही औषधि पसलेले दक्ष प्राविधिक विना नै असुरक्षित तरीकाबाट एक्स रे मेशीन राख्ने र सर्वसाधारणको अंगको एक्स रे गरी स्वास्थ्य माथि गंम्भीर खेलवाड गर्दै छन् ।  मेडिकलवालाहरुले अव्यवस्थित रुपमा एक्स रे मेशिन संचालनमा ल्याउदा विकिरण फैलिएर सर्वसाधारणलाई क्यान्सर लगायतका रोगहरु हुने खतरा रहेको हो । 

सुरक्षित ढंगले निश्चित मापदण्ड विपरित चलाईने एक्स रे मेशिनबाट खुला वातावरणमा विकिरण फैलने हुन्छ । वातावरणमा फैलने विकिरणबाट क्यान्सर जस्ता घातक रोग लाग्ने जिल्ला अस्पतालका डा.सरोज दाहाल बताउँछन् । 

डा.दाहाल भन्छन्–‘एक्स रे मेशिन राखिने कोठाको पर्खाल कम्तिमा पनि नौ ईन्चको बाक्लो हुनुपर्छ । झ्याल र ढोकामा लिड प्लेट राखिएको हुनुपर्छ । यदि शिशाको कोठा बनाइएको छ भने पनि लिड प्लेट भएकै शिशाले बनाएको हुनुपर्छ ताकि विकिरण बाहिर गई कसैलाई हानि नगरोस् ।’ यति मात्र नभई एक्स रे गर्ने वाला व्यक्तिले समेत सोही अनुरुप सुरक्षित उपाय अपनाएको हुनुपर्छ । डा. दाहाल एक्स रे र भिडियो एक्स रेबारे तालीम प्राप्त व्यक्ति समेत हुन् ।

जिल्लाको खासगरी वजारक्षेत्रमा स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई मेडिकलवाहरुले एक्स रे मेशिन, भिडियो एक्स रे, ईसिजी लगायतका स्वास्थ्य सेवा संचालनमा ल्याउदै आएको पाईएको छ । भिडियो एक्स रेको खतरनाक विकिरण फैलने नभए पनि एक्स रेको भने फैलने स्वास्थ्यकर्मीको भनाई छ ।

गत शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कर्मचारी सहितको टोलीले मेडिकल पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा एक्स रे मेशीन राखेर संचालनमा ल्याएको भेटिएको टोलीको भनाई छ ।

टोलीका अगुवा जनस्वास्थ्य निरीक्षक भण्डारीका अनुसार अनुज फर्मा र यसको अर्को नाम गणेश मेडिकल हलले एक्स रे मेशीन राखेको छ । त्यस्तै जिल्ला अस्पतालको गेटैनेर रहेको बाग्लुङ मेडिकल हलमा पनि  एक्स रे मेशीन रहेको छ । सो मेडिकल हलले एक्स रे मेशीन विग्रेर राखेको बताएको अनुगमन टोलीका सदस्यले बताए । गणेश मेडिकल हल र बाग्लुङ मेडिकल हल दुवैले एक्स रे मेशीन संचालन गर्न भनी स्वास्थ्य विभागबाट कानूनी अनुमति लिएका छैनन् । मेडिकलवालाले एक्स रे संचालनका लागि आवश्यक पर्ने सामान्य सुरक्षाको मापदण्ड समेत पुरा नगरेको अनुगमन अधिकारीहरुको आरोप छ ।

कानून विपरित अव्यवस्थित ढंगले एक्स रे मेशिन राख्ने र क्यान्सर लगायतका खतरनाक रोगका विकिरण फैलाउने मेडिकल हल संचालकलाई पक्राउ गरी कारवाही गर्न जिल्ला प्रशासनले नसकेकोमा सर्वसाधारणको व्यापक गुनासो छ । एक्स रे मेशिनबाट फैलने हानिकारक विकिरणबाट पुरुषको शुक्रकीट र महिलाको डिम्व उत्पादनमा ह्रास आई बाँझोपन हुने, छालाका विभिन्न रोग लाग्ने समेत हुने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

एक्स रेको विकिरण यति खतरनाक हुन्छ कि यसले मानव शरीरको कोषहरु मार्ने गर्दछ । यो विकिरण काठको ढोका र झ्यालबाट सजिलै बाहिर फैलिन सक्छ । एक्स रे मेशीन राखेको स्थानको वरिपरिसम्म क्यान्सर लाग्ने विकिरण फैलने गर्दछ । अझ गर्भवती महिलाले एक्स रे गर्ने हो भने भ्रुणमा गंभीर खतरा पैदा हुने हुन्छ ।

जिल्ला अस्पतालका डा.दाहाल भन्छन्‘अति आवश्यक परेमा मात्र सर्वसाधारणको एक्स रे गरिनुपर्छ । अनावश्यक पाराले एक्स रे गरिदा सर्वसाधारणको स्वास्थ्यमा असर पर्न सक्ने खतरा रहन्छ ।’

डा.दाहालका अनुसार खासगरी विरामीको हड्डीको भित्री अवस्था, फोक्सोमा हावा भरिएको जस्ता अवस्थामा जानकारी लिनका लागि एक्स रे गरिन्छ । कतिपय मेडिकलवालाले विरामीको स्वास्थ्य सेवा भन्दा पनि बढी भन्दा बढी मुनाफा कमाउने ध्येयले सामान्य अवस्थामा पनि एक्स रे गराउन लगाउने सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो