२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित, डेढ कराेड बराबरकाे क्षति

२८ असार २०७९, मंगलवार ०७:०९

असार २८, सुर्खेत | ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् । 

ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको  बाढीपहिरोले नन्नाकुमारी  विकको एकतले कच्ची घरलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया, मानबहादुर रोकायाको घर  र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार २४ जनाको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिबारे जानकारी गराएकी थिइन् । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने उनकाे भनाइ थियाे ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यो भन्दा अगााडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो