२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड

२०७९, २ श्रावण सोमबार ०६:२१

साउन २, काठमाडौँ | साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले जानकारी दिए ।

'विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ' उनले भने ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन