भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६"/>

2026-07-05 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतको पातिखोलाले ६ घर बगायो (फोटोफिचर)

2016-09-08


भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले देउपुर–९ का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापागाई र बाजुङ्ग–१ का मनबहादुर पौडेलको घर र मिल बगाएको छ । 


त्यस्तै पातिखोला किनारमा रहेका सयौ रोपनीमा रहेको धानखेती समेत खोलाले बगरमा परिणत गरेको छ । बाजुङ ज्यामिरेमा समेत घर खोलाको विचमा राखेर पातिखोला दुई छेउबाट बगेको खबर छ । पातिखोला खासपासका खेत गत बर्षदेखिनै खोलाले कटान गर्दै आइरहेको थियो ।

मानबहादुर पौडेललेको तोरी पेल्ने मेल खोलाले बगाएको र अन्य मेललाई डोरी लगाएर राखिएको बुझिएको छ । बाजुङ पातिचौरमा रहेका मनबहादुर पौडेल सहित तीन जनाको घर खतरामा रहेको बुझिएको छ । 


अहिले प्रहरी र नेपाली सेना उक्त क्षेत्रमा अनुगमन तथा उद्धार कार्यको लागि गएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाढी पसेपछि देउराली गाबिस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला विद्युत केन्द्रमा पनि क्षति पुगेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै