४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

१६ श्रावण २०७९, सोमबार १३:३३

साउन १६, उदयपुर | अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो । 

बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।

त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ । बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए । 

दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरू डुबानमा पर्ने गरेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिहरूले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरू नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ